22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

म्याग्देमा कृषकलाई तालिम

म्याग्दे/गाँउपालिकाले पालिका भित्रका सातवटै वडाका २५ जना कृषकलाई बाख्रा पालन तालिम प्रदान गरिएको छ । म्याग्देबाट विवि श्रेष्ठले दिएको जानकारी अनुसार गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा प्रारम्भ भएको तालिममा कृषकलाई बाख्रा पालनको लागी खोर व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन र रोग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको
थियो ।
पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहका अनुसार तालिममा बाख्रा पालनका लागि स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिम जस्ता विषयमा कृषकलाई प्रशिक्षित गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना, पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाह, प्राविधिक रचना घिमिरे, दिवस पौडेलले लगायतले मन्तब्य राखेका थिए ।

Related posts

जनजाती महोत्सवको तयारी तिब्र

Deepak Joshi

व्यास र आबुँमा सार्वजनिक सुनुवाई

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi