20.4 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

पल शाहलाई सफाइ

दमौली/राष्ट्रिय कलाकारको पहिचान कमाएका पल शाहले तनहुँ जिल्ला अदालतमा विचाराधिन नावालिकालाइ जबरजस्ती करणी गरेको अभियोगबाट सफाइ पाएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासबाट शाहले माघ ३ गते मंगलबार सफाइ पाएको तनहँु जिल्ला अदालत स्रोतले उल्लेख गरेको छ ।
मंगलबार तनहुँ जिल्ला अदालतबाट सफाई पाएका शाह कैद मुक्त हुन भने पाएका छैनन् । उनका विरुद्धमा नवलपुर जिल्ला अदालतले दुई बर्ष छ महिना कैद २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति दिलाउने फैसला सुनाएको चार महिना मात्र भएको छ । भदौ २१ गते नवलपुर जिल्ला अदालतले गरेको फैसलाका विरुद्धमा कार्तिक २५ गते उच्च अदालत पोखरामा पुनरावेदन गरेका शाहलाई उच्च अदालतले पनि सफाइ दिएका बखत भने उनि कारागार मुक्त हुन
सक्नेछन् । अन्यथा अझै १८/१९ महिना कारागार नै बस्नुपर्ने अवस्थामा कलाकार शाह रहेका छन् । विपरित वकपत्र गरेका जाहेरवाला र पीडित पक्षले पुनरावेदन गर्ने अवस्था भने देखिदैन । एक तह पुनरावेदन गर्नपर्ने वैधानिक प्रावधानमा सरकारी वकिलका तर्फबाट पुनरावेदन गर्ने अवस्था विद्यमान रहेको भएतापनि राष्ट्रिय कलाकारप्रतिको जनभावनाले गर्दा कडा रुपको पुनरावेदन नपर्ने अनुमान सुभेच्छुक सबैले गरेका छन् ।

Related posts

जोखिम पूर्ण यात्रा

admin

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi

पत्रकार पुरस्कृत

admin