विशेषसम्वाददाता
गठबन्धन गरेर चुनावमा जाँदा कमजोर सावित भएको नेपाली काँग्रेस नेतृत्व गठबन्धन टुट्दासम्म सत्तालिप्साको जोडघटाउमा रुमलिँदा संसदको ठूलो दल भएर पनि प्रतिपक्षमा पुग्दा झल्यास्स भएको छ । त्यति मात्रै हैन सातै प्रदेशमा प्रतिपक्षको हैसियतमा रहन पर्दा झनै झल्यास्स भएको छ । शेरबहादुरको लागि प्रधानमन्त्री जोगाउनु पर्ने पहिलो प्राथमिकता र रामचन्द्र पौडेललको लागि प्रधानमन्त्री दिएर भएपनि राष्ट्रपति नछोड्ने स्वार्थको अडानले गठबन्धन टुट्न पुगेको देखिँदा संविधान जोगाउनका लागि होइन, सत्तालिप्साको स्वार्थमा बनेको ठगबन्धन पुष्टि भएको छ ।
दुई तिहाईको बहुमतको सरकार विरुद्ध प्रचण्ड र माधव नेपालको विमतिका कारण २०७७ पुस ५ गते खड्गप्रसाद ओलीले पहिलो पटक संसद विघटन गरेका थिए । तर संविधान विपरित भएको विघटन हुँदा त्यो विघटनले मान्यता पाउन सकेन ।
जेनकेन जोगाइएको त्यो विघटन पछि २०७८ जेठ ८ गते दोस्रो विघटन गरेपछि नेकपा कै केही सांसद र नेपाली काँग्रेसका पुरै सांसद समेतका बहुमत संसद सदस्यहरुले हस्ताक्षर सहित शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न सकिने विकल्प हुँदा हुँदै पटक पटक संसद विघटन संविधानको भावना विपरित भएको दावि लिई दायर गरेको रिटमा न्यायाधीशहरुले शेरबहादुरको नेतृत्वमा सरकार गठन गर्नुपर्ने गरि परमादेश जारी भएपछि ओली सरकार बाहिरिएको थियो । त्यसपछि बनेको सत्तागठबन्धन २०७९ साल को प्रतिनिधि सभा निर्वाचनसम्म पनि कायम थियो । तर ८९ सिट सहित प्रतिनिधि सभामा ठूलो दल बनेको नेपाली काँग्रेसले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपतिमा दावी नछाडेपछि पुष्पकमल दाहाल प्रचण्डले एमालेको साथमा पहिलो कार्यकालको प्रधानमन्त्री लिएर दोस्रो कार्यकालको प्रधानमन्त्री सहित राष्ट्रिपति र सभामुख छोडेपछि गठबन्धन तोडेर नयाँ गठबन्धन सम्भव भएको थियो ।
सत्तालिप्साको गठबन्धन टुट्दैन भन्ने विश्वास दिलाइएको शेरबहादुर क्याम्पका सीमित विश्वास पत्रले विश्वास दिलाएपछि राष्ट्रपति र पहिलो कार्यकालको प्रधानमन्त्रीको धिङ्न्याई गर्दै बसेको शेरबहादुर नेतृत्वको काँग्रेसले आफूलाई संसदमा कायम ठूलो दलको हैसियत देखाउन सकेन ।
दोस्रो पुस्ताका नेताको पहिचान बनाएका गगनकुमार थापा, विश्वप्रकाश र प्रदीप पौडेल समेतका धनराज गुरुङ्ग, चन्द्र भण्डारीहरुले पनि आफ्नो कर्तब्य भुलेर शेरबहादुर देउवा खोजेपछि मात्रै जाने भनि घुर्कि लगाउँदा सत्ताको बागडोर फुत्केको सन्देश आमकार्यकर्ता पंक्तिमा व्याप्त छ । यता शेरबहादुर देउवा भित्रियाहरु आरजु राणा, प्रकाशशरण महत समेतको सत्ताअहंकारले पार्टीको वैधानिक संस्था केन्द्रिय समितिको निर्णयलाई अनावश्यक ठान्दा मुखैमा आएको आहारा फुत्कन पुगेको छ ।
गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन
previous post