दमौली/नेपाली लेखक सघ तनहुँको पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा शनिवारदमौलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै लेखक संघका पूर्व केन्द्रिय उपाध्यक्ष डाक्टर कुसुमाकर न्यौपानेले सम्पूर्ण साहित्यकारहरुले आफुलाई हात जोड्ने खालको बाणी, आचार, व्यवहार स्तुत्य हुने खालको व्यावहार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथी लेखक संघका सल्लाहकार काशीनाथ न्यौपानेले साहित्य समाजको ऐना भएकाले गहिराइमा अध्ययन गरी अध्ययनलाई साहित्यमा उतार्नुपर्ने बताए । कार्यक्रममा गण्डकी बाङ्मय संघ तनहुँका अध्यक्ष सागर उदास, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारी लगायतले वेदव्यासको पवित्र भूमिका साहित्यिक कार्यक्रमहरुमा सञ्चालन गरि साहित्यिक जागरण ल्याउनुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा साहित्यकार मधुमाया घिमिरेद्धारा लिखित व्यासमाला कविता सङ्ग्रह र साहित्यकार चक्रबहादुर अधिकारीद्धारा संकलित नेपाली उखानटुक्का सङग्रहको त्यस अवसरमा लोकापर्ण गरिएको थियो
यसैबीच लेखक संघको पाँचौँ अधिवेशनले शंकरराज नहर्कीलाई सर्वसम्बत अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णहरी गैह्रे, सचिवमा अञ्जना तिमिल्सेना , सहसचिवमा दिवाकार घिमिरे, कोषाध्यक्षमा श्रीकान्त घिमिरे सदस्यहरुमा कल्पना आचार्य, भवानी अधिकारी,सत्तार मिया, महेन्द्रराज शर्मा, चक्रबहादुर अधिकारी र अमरराज नहर्की रहेका छन् ।
कार्यक्रममा लेखक केन्द्रिय प्रतिनिधि प्रदिप घिमिरे एवं लेखक संघ तनहुँका सह सचिव अञ्जना तिमिल्सेनालाई कदरपत्र सहित सम्मान गरिनुका साथै प्रमुख अतिथी न्यौपानेलाई तनहुँ शाखाको स्थापना र विस्तारमा योगदान गरेबापत दोसल्ला र प्रसशापत्र सहित सम्मान गरिएको थियो । नेपाली लेखक संघ तनहुँकी अध्यक्ष गौँकुमारी न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नहर्कीले नेपाली लेखक संघको गरिमा र महत्वलाई अझ माथी उकास्दै जिल्लामा विविध साहित्यिक कार्यक्रमका अतिरिक्त स्रष्टा सम्मान गरिने बताए ।
लेखक संघ तनहुँको अध्यक्षमा नहर्की सर्वसम्मत
previous post