27.7 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

इन्जिनियर बन्न लाइसेन्स

दमौली/नेपालमा अब इन्जिनियर बनेर पेशा गर्नका लागि लाईसेन्स लिनु पर्ने गरी कानुनी व्यवस्था गरिएको छ । विषयगत इन्जिनियरिङ्ग विषयमा स्नातक पास गरी सकेपछि निर्धारित कोर्षको परिक्षा पास गरेर मात्र लाईसेन्स पाईने व्यवस्था नेपाल सरकारले गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसंगै अब नेपालमा इन्जिनियरको सेवा प्रदान गर्नका लागि लाईसेन्स लिनु पर्ने व्यवस्था भएको हो ।
वकिल, चिकित्सक, नर्स, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउने गरी विधेयकमा व्यवस्था गरिएको छ । लाईसेन्स लिएपछि मात्रै इन्जिनियरको रुपमा परामर्श तथा सेवा प्रदान गर्ने गरी पेशा गर्न पाईने व्यवस्था गरिएको छ ।

Related posts

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता-जनमुखी निर्णय कि आन्तरिक शक्तिको टकराव ?

Deepak Joshi

महोत्सव उद्घाटन प्रमबाट

admin

अरु काममा असफल; कांग्रेस, एमालेलाई साइजमा राख्न सफल

admin