बलभद्र खनाल
नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तनहुँ व्यास नगरपालिका दमौली स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा मलाई अरु कसैलेको डर लाग्दैन आफ्नै छायासंग डर लाग्छ भन्नु भएको थियो । २०४६ सालको जनआन्दोलनले २०१७ साल पौष १ गते अपहरण भएको प्रजातन्त्र पुनःस्थापना गरायो । राजा विरेन्द्रले प्रधानमन्त्री बनी देश चलाइ दिन प¥यो भनि सर्वमान्य नेता गणेशमानसिंलाई भन्दा प्रधानमन्त्री त मलाई होइन, मेरो साथी कृष्णप्रसाद भट्टराईलाई बनाउनु पर्दछ भन्नु भएको थियो । कृष्णप्रसाद भट्टराईले २०४७ सालमा संविधान बनाउनु भयो । २०४८ मा आमनिर्वाचन गराउनु भयो । गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन आकाशपाताल एक गराउनु भयो । नेपाली काँग्रेसले बहूमत ल्याएको थियो भने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भने पराजय भोग्न परेको थियो । गिरिजाप्रसाद कोईराला आफै प्रधानमन्त्री बनेर पञ्चायतीशैलीमा अगाडि बढ्न थाल्नु भएकोले आफ्नै सांसदहरुलाई चित्त बुझेन । गिरिजाप्रसाद कोइरालाले नीति तथा कार्यक्रम संसदबाट पास गराउन नसकेर बहुमतको सरकार भएपनि मध्यावधी चुनावको घोषणा गरिदिनु भयो । साथैै अधिकांस ठाउँमा आफ्ुना मानिसहरुलाई उम्मेदवार चयन गराउनु भयो । सर्वमान्य नेता गणेशमान शिंहले जनजागरण अभियान भनेर गिरिजा प्रसाद कोइरालाका सांसदहरुको ठाउँमा वागि उम्मेदवार दिन लगाउनु भयो । वागि उम्मेदवारको कारणले गर्दा सबै भन्दा ठूलो पार्टि एमाले बन्न पुग्यो । एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । एमालेको सरकार धेरै समय टिक्न सकेन । नेपाली काँग्रेसका दोस्रो पुस्ताका नेतावर प्रधानमन्त्री हुने पालो आयो र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर गिरिजाप्रसाद कोइराला आफैं प्रधानमन्त्री बन्न पुग्नु भयो ।
७४ सालको स्थानीय निकायको निर्वाचनमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका,गाउँ पालिकाको अध्यक्ष–उपाध्यक्षहरु केन्द्रिय कार्यसमिति तथा जिल्ला कार्यसमितिले मनोनयन गरेको व्यक्ति मन नपरेपनि नेपाली कांग्रेसले मनोनयन गरेको व्यक्तिलाई जिताउन पर्छ भनेर सबै एकमत भएर कतिपय ठाउँमा जितहात पर्यो भने कतिपय ठाउँमा हारपनि बेहोर्नु पर्यो ।
७९ सालको स्थानिय निकायको निर्वाचनमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका,गाउँ पालिकाको अध्यक्ष–उपाध्यक्षहरु भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री स्वयम आफ्नो आफ्नो पार्टिका साथिहरुलाई टिकट नदिएर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डकी छोरीलाई समर्थन गर्नु भएको कारणले गर्दा दुई हातले सोहर्न पाइने ठाउँमा जान सबैलाई मन लाग्नु स्वभाविकै हो । अन्यत्र सबै पालिकाहरुका अध्यक्ष, उपाध्यक्षहरुमा वागि र स्वतन्त्र उम्मेदवार बनेर नेपाली काँग्रेसलाई अन्तरघात गरेर नेपाली काँग्रेसलाई नेपाली काँग्रेसले हराइ दिए ।
प्रधानमन्त्री जस्तो गरिमामय पदपाउँदा पनि प्रधानमन्त्री मलाई होइन मेरो साथि कृष्णप्रसाद भट्टराइलाई बनाउन पर्छ भन्ने सर्वमान्य नेता गणेशमान सिंहको छोरा प्रकाशमान सिंहले सत्ता परिवर्तन गराएरै छोड्छु भन्नु भएकोमा श्रीमतिलाई काठमाडौं महानगरपालिकाको मयरको टिकट तिम्रो श्रीमतिलाई मिलाइ दिन्छु भनेको भरमा नेपाली काँग्रेसको सभापतिको उम्मेदवारमा शेरवहादुर देउवालाई समर्थन गर्नु भनेको जातफाल्नु गहतको झोलमा भनेजस्तो भएनर ? प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा माओवादी नेताहरुको टाउकाको मोल गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र माओवादीको सहमति पाँचवर्षसम्म टुट्न हुँदैन भनि सक्नु भएको छ । राजनीतिमा शत्रु र मित्र हुँदैन भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले देखाई दिनुभएको छ । नेपाली काँग्रेसले राष्ट्रिय पंचायतको निर्वाचन बहिष्कार गरेको समयमा वी पी कोईरालाले श्री भद्र शर्मालाई बोलाएर तिमी जस्तो दुई चार जना प्रतिनिधि सभामा जान सके राम्रो हुन्थ्यो । तिमी तिम्रो जिल्लाबाट चुनाव जितेर आउन सक्छौ भनेर सोध्दा नेपाली काँग्रेसका साथीहरुले मेरो विरोध नगरे म चुनाव जितेर आउन सक्छु भनेर श्रीभद्र शर्माले वी पीसंग भन्नु भएको थियो । वी पी कोईरालाले तिमीलाई कुनै किसिमको सहायता मिल्दैन । कार्यकर्ताले तिम्रो विरोध गर्ने छैनन् भनेपछि श्रीभद्र शर्मा आफ्नो जिल्ला तनहुँमा चुनाव लडेर जितेर प्रतिनिधि सभामा पुग्नुभएको थियो । एउटा नेताको बोली सर्वमान्य हुन्थ्यो । अहिले नेपाली काँग्रेस सिद्धान्त विहिन छ । हद भन्दा बढि गुटबन्दी मौलाएको छ । टिकट दिँदा राम्रो मानिसलाई नदिएर आफ्नो मानिसलाई दिइएकोले बागी स्वतन्त्र उम्मेदवार बनेर नेपाली काँग्रेसलाई आफ्नै छाँयाले अधिकांस ठाउँमा हराइ दिए । अहिले नेपाली काँग्रेस हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो जस्तो हुन पुगेको छ । तसर्थ नेपाली काँग्रेसका कार्यकर्ताहरुमा मात्र नभै नेताहरुमा पनि शुद्धिकरण आवश्यक देखिन्छ ।