दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखा अन्तरगतका उनन्तीस उपशाखाको अधिवेशन सम्पन्न हुने चरणमा पुगेको छ । जिल्ला शाखाले फागुनको २५ गतेभित्र उपशाखा अधिवेशन सम्पन्न गर्न भनि आफू मातहतका २९ शाखालाई परिपत्र गरेको
थियो । फागुन २५ गतेभित्र २६ वटा उपशाखाले आफ्नो अधिवेशन सम्पन्न गरेको नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले बताए ।
अधिवेशन हुन बाँकी उपशाखा मध्ये आँबुखैरेनीले फागुन २६ गते, ढोरफिर्दी उपशाखा र साँखर उपशाखाले २८ गते विहानको समयलाई अधिवेशनको मिति तोकेको नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाका बरिष्ठ शाखा विकास अधिकृत शिवकाजी पियाले बताए ।
थर्पु उपशाखा
जिल्ला शाखाले दिएको समयसिमा भित्रै थर्पु उपशाखाले फागुन २५ गते आफ्नो अधिवेशन सर्वसम्मत ढंगबाट सम्पन्न गरेको छ । उपशाखाले म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा निर्वाचन परिणाम घोषणा सभा सम्पन्न गरेको छ । घोषणा सभामा निर्वाचन अधिकारी नेरेसो तनहुँका उपसभापति ऋषिराम पोख्रेलले सर्बसम्मत निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरेका थिए भने प्रमुख अतिथि घिमिरेले प्रमाण पत्र प्रदान गरेका थिए । त्यसैगरी उद्घाटन सत्रका प्रमुख अतिथि एवं जिल्ला शाखाका सभापति कृष्णहरि वाग्लेले टिकार्पण गरेका थिए भने निवर्तमान सभापति जितराज रानाले पुष्प गुच्छा प्रदान गरेका थिए ।
दुम्सीकोट उपशाखा
दुम्सीकोट उपशाखाले फागुन २४ गते आफ्नो सातौ अधिवेशन सम्पन्न गरेको छ । सो अधिवेशनले सभापतिमा इश्वर पौडेल, उपसभापतिमा रुकादेवी घिमिरे पोख्रेल, सचिवमा श्रीकृष्ण आचार्य, कोषाध्यक्षमा गोपालबहादुर गुरुङ्गलाई सर्वसम्मत निर्वाचित गरेको छ । उपसचिवमा ऋषिराम ढुङ्गाना, उपकोषाध्यक्षमा रमेश गिरी र महिला सदस्यमा मनु सापकोटालाई सर्वसम्मत निर्वाचित गरेको छ । सभापति रामदत्त पौडेलको सभापतित्वमा प्रारम्भ भएको सातौ अधिवेशनले अन्य सदस्यमा टिकाराम दाहाल, डिलबहादुर मगर, विशाल गिरी, विष्णुप्रसाद अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । निर्वाचन अधिकारी एवं शाखा उपसभापति ऋषिराम पोख्रेलले निर्वाचन परिणाम घोषणा गरेका थिए भने सर्वसम्मत निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य प्रदिप घिमिरेले प्रमाण पत्र, वडाध्यक्ष तुलसीराम सापकोटाले खादा र तनहूँ शाखा सभापति कृष्णहरि वाग्लेले पुष्प गुच्छा प्रदान गरेका थिए ।
दुलेगौंडा उपशाखा
दुलेगौंडा उपशाखाको अधिवेशनले श्यामबहादुर के सीको नेतृत्वको सर्वसम्मत कार्य समिति चयन गरेको छ । उपसभातिमा टुकादेवी पौडेल, सचिवमा हरि भण्डारी, कोषाध्यक्षमा तुलबहादुर गुरुङ्ग, उपसचिवमा प्रकाशचन्द्र पौडेल, उपकोषाध्यक्षमा हुमबहादुर राउतलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यमा गुनसिरी गुरुङ्ग, टकबहादुर शाही, अम्बिका घिमिरे, धर्मप्रकाश तिमिल्सिना, बालकृष्ण पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । इन्द्र पौडेलको सभापतिमा भएको सो अधिवेशनमा सर्वसम्मत पदाधिकारीहरुलाई टिका प्रा.डा. कृष्णप्रसाद गौतमले र प्रमाण पत्र प्रमुख अतिथि कृष्णहरि वाग्लेले प्रदान गर्नुभएको थियो ।
सम्पन्न हुँदै उपशाखा अधिवेशन
previous post