ऋषिङ्ग/नेपाल रेडक्रस सोसाईटी ऋषिङ्ग उपशाखाको सभापतिमा मथुराकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न उपशाखाको सातौं अधिवेशनले अगामि दुई बर्षको लागि मथुराकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ ।
उपशाखाको उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा भरतकुमार श्रेष्ठ, कोषाध्यक्षमा चिजकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी उपसचिवमा दिलमायाँ थापा, उपकोषाध्यक्षमा विष्णुमायाँ थापा चयन भएका छन् ।
उपशाखाको निवर्तमान सभापति पदेन सदस्य रहने विधानको व्यवस्था अनुसार रमेशकुमार श्रेष्ठ पदेन सदस्य रहनु भएको छ । सातौ अधिवेशनले चयन गरेका सदस्यहरुमा गणेशकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, मोतिलाल राना, हस्तमायाँ थापा, सुन्तली श्रेष्ठ रहेका छन् ।
सातौं अधिवेशनको प्रमुख अतिथि संविधान सभाका सदस्य झुलबहादुर आलेले उद्घाटन गरेका थिए । उपशाखा अधिवेशनका निर्वाचन अधिकारी एवं शाखा सदस्य रामदत्त पौडेलले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण पछि प्रमाण पत्र प्रदान गरेका थिए । सातौ अधिवेशनलाई नेरेसो तनहुँ शाखाका सदस्य महेन्द्रकुमार श्रेष्ठ, नेका तनहुँकी सदस्य यमुना श्रेष्ठ, नेका गण्डकी प्रदेश प्रतिनिधि मथुराकृष्ण श्रेष्ठ, नेका ऋषिङ्गका सचिव सुरजकुमार श्रेष्ठ, नेपाल तरुण क्षेत्र नं. २ का अध्यक्ष दानबहादुर श्रेष्ठ, शिवजी आमा समूहकी अध्यक्ष मिश्रीमायाँ श्रेष्ठ, वडा नं. ८ की वडाध्यक्ष भविसरा आले, ऋषिङ गापा कार्यपालिका सदस्य विष्णुमायाँ थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सभापति रमेशकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सातौं अधिवेशनमा उपसभापति गणेशकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने सचिव भरतकुमार श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।