25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

अदालतको सेवामा संकुचन

दमौली/तनहुँ जिल्ला अदालतका न्यायाधीशद्वय समेत ११ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अदालतको सेवामा संकुचन गरिएको छ । बुधबार एक सूचना प्रकाशित गरेर सेवा संकूचन गरिएको स्रेस्तेदार मिनबहादुर कुँवरले बताए ।

अदालतमा हुने जनचापलाई व्यवस्थापन गर्न र संक्रमणबाट सेवाग्राही अनि सेवा प्रदायकलाई सुरक्षण गर्नका लागि अदालतको सेवामा संकुचन गर्न परेको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको सूचना समेतलाई आधार लिएर माघ १३ गतेदेखि २८ गतेसम्मका लागि सेवा संकुचन गरेको अदालतको सूचनामा उल्लेख छ ।

सेवा संकुचनमा नपरेका सेवा अर्थात सेवा संकुचनका समयमा अदालतबाट प्रदान गरिने सेवाहरुमा अधिकाँश सरकारवादी मुद्धासंग सम्बन्धित छन् । दुनियावादी सेवाहरुमा मिलापत्र, मुद्धा फिर्ता, डिसमिस तामेली सम्बन्धी कामकारवाहीहरु परेका छन् । सेवा संकुचनका अवधिमा अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमका निवेदनहरु लिने र त्यस उपरको सुनवाई गर्ने न्यायीक प्रक्रियालाई पनि संकुचन गरेको छैन । साथसाथै बन्दिप्रत्यक्षीकरणका निवेदनको सुनवाईलापनि संकुचन गरेको छैन ।

अदालतको सूचनाले मिलापत्रलाई संकुचन नगरे हुँदा मिलापत्र हुने प्रकृतिका फिराद, प्रतिउत्तरलाई पनि संकुचन नगरे को बुझिन्छ ।

तर अदालतका स्रेस्तेदार मिनबहादुर कुवँरसंग यो अस्पष्टतालाई स्पष्ट पार्न आग्रह गर्दा आफू पनि विदामा रहेको हुँदा हाजिर भए पछि थप स्पष्ट पार्न सकिने कुरा बताए ।

म्याद थप, पक्राउ पुर्जी, कल डिटेलको अनुमति र जरुरी पक्राउ पुर्जिको समर्थनका सेवा संकुचन छैन । अभियोग पत्र दर्तादेखि पक्राउ परी आएका फरार प्रतिवादीको थुनछेक सम्मका काम पनि हुनेछन् ।

Related posts

पाँचौ म्याराथनका लागि व्यासको तयारी

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

पठन संकृति विकास गर्न ‘मुना’ अभियानः

Deepak Joshi