18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

सहिद

केशवराज अधिकारी मध्येनपाल–७, लमजुङ

करोडौँ जन्मने मर्ने प्राणी चक्र निरन्तर
पैदा भएर मर्दैन त्यस्तो बस्तु कहाँ छ र?
मरेर बाच्न सक्नेको सहिद नाम बन्छ रे
श्रद्धा अर्पेर सम्झन्छ पूजा गर्दछ देशले।

आमा पुकार गर्दै छन् देशको निम्ति लौ उठ
सारा सन्तान मेरै हौ लामबद्ध बनी जुट।
श्रद्धा सहिदको हुन्छ तब मात्र सु–कर्मले
जन्मदा सास मात्रै हो बन्दछ नाम कर्मले।

महासहिद वा हाम्रा महाँ मानव जो गए
अधुरा सपना उन्का साकार हुन्छ के गरे।
आउ महान मान्छेको खाँचो छ भन्छ देशले
जन्मदा सास मात्रै हो बन्दछ नाम कर्मले।

लेख्दै बिधान उत्कृष्ट फेर्दै सत्ता निरन्तर
पालेर मनमा कालो बाहिरी रुप सुन्दर।
फूर्ती बेकार के गर्नु? गिज्याउँछ यथार्थले
जन्मदा सास मात्रै हो बन्दछ नाम कर्मले।

फेरि सहिदको खाचो नपार देशमा अब
त्यागले बन्दछ मान्छे महामानव बास्तव।
पुष्प गुच्छा चढाएर ढोगेर मात्र हुन्छ के?
जन्मदा सास मात्रै हो बन्दछ नाम कर्मले।

Related posts

अबको चासो : जनसंख्या व्यवस्थापन-सम्पादकीय

admin

पतिले सम्बन्ध विच्छेद माग्ने अवस्था

admin

अनन्त कपको उपाधि दोभानलाई

admin