20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

काग्रेस नेताको निधन


किहूँ/नेपाली काँग्रेस किहूँका नेता हिरासिं थापाको २०७८ पुस १८ गते सोमवार विहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको कान्छा छोरा निर्मल थापाले बताए । स्व. थापाका एक पत्नि, दुई छोरा, दुई छोरी १२ जना नातिना रहेका
छन् । नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि स्व. थापा किहूँ क्षेत्रमा नेपाली काँग्रेसको बलियो आधार थिए । नेपाल मगर संघ तनहुँका सल्लाहकारसमेत रहेका स्व. थापा पञ्चायतकालमा प्रधानपञ्च र जिल्ला पञ्चायतको सदस्यको जिम्मेवारी समेत कूसलतापूर्वक निर्वाह गरेका थिए । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिका निर्वाह गरेका स्व. थापा शिक्षाप्रेमी पनि थिए । सिद्धार्थ माविलाई उच्च मावि बनाउने समयमा अग्रपंक्तिमा रहेर चन्दा दिने चन्दादाता, बलभद्र आधारभूत विद्यालय दरकाङका लागि जग्गा प्रदान गर्ने जग्गादाता हिरासिं थापालाई शिक्षा क्षेत्रका बुद्धिजिवी सबैले सम्मान गर्ने शिक्षाप्रेमी थिए ।

Related posts

थोमसलाई सम्झँदै पर्यटन दिवस मनाउँदै

admin

स्थानिय निकाय युवाको हातमा

admin

नारा सार्थकताको अपेक्षा

admin