21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

एम्बुलेन्स शुभारम्भ

 दुम्सीकोट/बुधबारबाट अध्याधुनिक सुविधा सहितको पहिलो एम्बुलेन्स शुभारम्भ भएको छ । व्यास नगरप्रमुखको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको एम्बुलेन्स नेपाल रेडक्रस दुम्सीकोट उपशाखाले सञ्चालनमा ल्याएका हो । 
नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले एम्बुलेन्स सञ्चालन अभियान थालेपछि अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गरिए अनुसार २९ लाख भन्दा बढी सहयोग जुटेको छ । हाल सञ्चालनमा ल्याएको एम्बुलेन्सका लागि १३ लाख खर्च भएको प्रतिवेदन शुभारम्भका अवसरमा सार्वजनिक गरिएको थियो । बुधबारबाट शुभारम्भ भएको एम्बुलेन्समा कोभिड संक्रमित बिरामीहरुलाई ५०%, अपाङ्गता भएका व्यक्तिहरूलाई ५०% तथा सुत्केरीहरुका लागि २०% छुट सहितको सेवा प्रदान गर्ने उपशाखाले जनाएको छ । 

Related posts

व्यानपाको छ नियम पारीत

admin

विस्तृत शान्ति सम्झौताका १३ वर्ष र पिडितको अवस्था

admin

समतामूलक समाज र आर्थिक बिकास

admin