24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

तीन दिन अविरल बर्षा

दमौली/पूर्वबाट प्रवेश गरेको मनसुनसंगै तनहुँमा जेठ ३१ गतेबाट तीन दिन परेको अविरल बर्षाले जनजीवन प्रभावित बनेको छ । मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार तनहुँको दमौली पछि घिरिङ्गको अत्रौलीमा अत्यधिक बर्षा भएको छ । 
 मौसम पूर्वानुमान महाशाखाले मापन गरेको पछिल्लो २४ घण्टाको वर्षा मापन अभिलेख अनुसार तनहुँका ६ बिन्दुमध्ये दमौलीमा सबैभन्दा धेरै एक सय ५२ मिलिमिटर वर्षा भएको भने दोश्रोमा घिरिङ्ग–१ अत्रौलीमा एक सय १५ मिलिमिट पानी परेको देखाएको छ । 
तेश्रो उच्च रेकर्ड खैरेनीटारमा एक सय २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम बन्दिपुरको बिमलनगरमा भएको छ । यसमा मंगलबार रातीसम्मको रेकर्ड भएकाले निरन्तर वर्षाका कारण थप बढी मापन हुन सक्ने अनुमान गरिएको छ । 

Related posts

मानिसको मन दुखाएर मुर्ती पूजा गर्दैमा धर्म हुँदैन

admin

हर्षोल्लास साथ तमु ल्होसार मनाइयो

admin

शैलुन सञ्चालन गर्न देऊ सरकार, नदिए राहत र अनुदान देऊ

admin