28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

नेवारका साझा पर्वहरूः

हरिमान श्रेष्ठ अभिवत्ता

नेवारका जात्रा तथा पर्वहरू धेरै छन् । कुनै पर्व थर विशेषका हुन्छन् त कुनै पर्व साझा हुन्छन् । साझा पर्वहरूमा गुनी पुन्ही(जनै पुर्णिमा), गाईजात्रा, कृष्णाष्ठमी, चौथी, लाखे विसर्जन पुर्णिमा, म्हपुजा, भपुन्ही(तुलसी पुजा विसर्जन पुर्णिमा), गुठीपुन्ही(योमारी पुन्ही), सिठ्ठी नखः(कुमार षष्ठी) आदि पर्दछन्। त्यस्तै हाम्रो यता थर विशेष पर्वहरूमा जोशीले बिखेसंक्राती चैत्र मसान्तमा, ठिमीका श्रेष्ठले वैशाख सक्रान्तीमा, नालामीले अक्षय तृतीयामा, केहिले असारे पुर्णिमामा आफ्नो ठूलो चाड मान्ने गर्दछन् । जे होस् जात्रा र पर्व अनुसरको भ्वय (भोज) तय गर्दछन् । आज परेको सिठ्ठी नखः यसका गाउँले भोजमा पहिले आँटीमारी(सेलरोटी), क्वाटाङसिमी समेत मिसिएको गो(गेडागुडी), बजी(चिउरा), लाः(मासु), लोसा(अचार), दुरु धौ(दूध दही),थोँ पालु(जाँडरक्सी) आदि तयार पारी नेवाराको पातमा भाग लगाई इष्टमीत्रलाई घरमा निम्ता गरी खाइन्थ्यो । गाउँका केटाकेटीहरु गोलैचीको फूललाई बाँसको धुङ्रोमा राखी बाटोबाटो दौडेर घुमाउँथे भने कोहिले कागतको फरफिरे बनाई हावामा दौडिन्थे । यो दिन हल, कुटोकोदालो, ढिकीजाँतो आदि बार्ने गर्थे चलाएमा बुढापाका अग्रजहरूले हुरीवतास र पानी पर्ने अनुमान गर्थे । यो दिन घरबाट टाढा जान हुँदैन पनि भनिन्थ्यो । सिठ्ठी पर्व नकटाई कुलदेवता पुजा गर्नुपर्छ भन्ने मान्यता रहि आएको छ ।

Related posts

आलोचनारुपी आलोकको विपक्षमा सरकार

admin

केन्द्रीय साधारण सभा सम्पन्न

admin

बाढी पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति द खनागरिकले राज्य भएको अुनभूति गर्न पाएनन्

admin