24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

व्यासमूर्ति निर्माण सम्झौता

दमौलीव्यास नगरपालिका वडा नं ३ स्थित पञ्चमन्दिर क्षेत्रमा निर्माण गरिन लागेको महर्षि वेदव्यास ऋषिको एक सय फिट अग्लो मुर्ति निर्माणका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । जस अन्तरगत व्यास नगरपालिका र गौरी पार्वती, देव एण्ड सयरर ऋषिशक्ति जे.भि विच सम्झौता भएको हो । सम्झौता अनुसार पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार छ सय ४०  बराबरको काम हुने व्यास नगरपालिकाले जनाएको छ । कुल ७१ करोड दुई लाख १० हजार आठ सय ८९ रुपैया लागतमा निर्माण सम्पन्न गरिने एक सय आठ फिट अग्लो महर्षि वेदव्यासको मुर्ति निर्माणका लागि पहिलो चरणमा भएको टेण्डर अन्तरगत टेण्डर पार्न सफल गौरी पार्वती, देव एण्ड सयररऋषिशक्ति जे. भि संग सम्झौता गरिएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र निर्माण व्यवसायीका तर्फबाट ऋषिराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

Related posts

सिद्धेश्वरीमा डिसु नेपालको अनुशिक्षण

admin

थारु जातीको चर्चित घैला नाँच

admin

आर्थिक आतंकवादको विकल्प के ?

admin