22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

रोकियो एसईई र कक्षा १२ को परीक्षा

कोभिडका कारण माध्यमिक शिक्षा परीक्षा( एसईइ) र कक्षा १२ को अन्तिम परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ ।
सोमबार विज्ञप्ती प्रकाशित गदैै राष्ट्रिय परीक्षा बोर्डले विश्वव्यापि रूपमा फैलिईरहेको कोभिड–१९ सङ्क्रमणले उत्पन्न असहज परिस्थितिका कारण नेपाल सरकारले मिति २०७८ वैशाख १३ मा गरेको निर्णयका आधारमा राष्ट्रिय परीक्षा बोर्डको वैशाख २७ मा बसेको बोर्ड बैठकको निर्णयानुसार मिति २०७८ जेठ १३ गतेदेखि सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा कक्षा १० र जेठ २६ गतेदेखि सञ्चालन गरिने कक्षा १२ का वार्षिक परीक्षाहरू बोर्डबाट अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
अवस्था सामान्य भएको भए एसईई गत चैत्र पहिलो साता सञ्चालन भएर यतिबेला उत्तरपुस्तिका परिक्षणको काम समेत सुरु भइसकेको हुन्थ्यो । आम अभिभावक र विद्यार्थीको चासोको रुपमा रहने एसईई कोरोनाका कारण २०७६ मा हुन सकेन भने ०७७ को पनि हुने नहुने अन्योल बढेको छ । यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीको संख्या पाँचलाख भन्दा बढी रहेको छ ।

Related posts

गणतन्त्र दिवसको शुभकामना-सम्पादकीय

admin

सत्यवतीलाई राष्ट्रपति शिल्ड

admin

विद्यार्थीलाई विद्यालय पोशाकसहित खाजा

admin