कोभिड, लक डाउन, क्वारेन्टाइन, सामाजिक दुरी, मास्क जस्ता येस्तै शब्दहरुलाई कण्ठस्थ पार्दै सुरु गरेको ०७७ सालको पनि हेर्दाहेर्दै मधुसन्ध्या आउनै लागेछ । अब कति दिन नै बाँकी रह्यो र यो साल पनि आजको दिनबाट छैठौ दिनमा त नयाँवर्ष आइनै हाल्यो । जिन्दगीको समय सीमाबाट एक वर्ष सकियो भन्ने हो वा जिवनको यात्रामा थप एक वर्ष बाँचियो, अनुभवी भैयो भन्ने हो, खै के भन्ने भन्ने । खैर, जेहोस् अहिलेको लागि नीति कुरा सत्य हो कि अर्को हप्ता दिन बित्दा नबित्दै प्रत्येक नेपालीको घरको भित्तेपात्रो फेरिने छ अर्थात नेपाली नयाँ वर्ष आउनेछ– २०७८ साल बैशाख १ गते ।
समयले पनि कति धेरै फड्को मारी सकेछ । हुन त खासमा समय आफूले फड्को मार्ने पनि कहाँ हो र । समय त विचरा निरन्तर एउटै गतिमा आफ्नै रफ्तारमा हिँडिरहेको छ । फड्को मारेको त मानिसको व्यवहारले पो हो त । तर मानिस कति बाठो छ है, हदै, हदै बाठो पनि के भन्नु स्वर्थी छ । राम्रो भएको काम जति मानिसले ग¥यो रे, नराम्रो भएको चाहिँ समय फेरियो समयले बिगा¥यो रे । विचरा समयले कसलाई किन बिगार्नु त्यसै । समय त आफ्नै सुरले चलिरहेको थियो, चलिरहेको छ र चलि रहने नै छ । बिग्रने, सप्रने, बन्ने, भत्कने त मानिस आफ्नै व्यवहारमा भर पर्ने
कुरा न हो । समयको बारेमा एउटा ध्रुव सत्य कुरा चाहिँ के हो भने न त समयमा पछाडि नै फर्केर जान मिल्छ न त अगाडि नै । मात्र वर्तमानमा बाँच्न मिल्छ । मानिसले के सम्म चाहिँ गर्न सक्छ भने– बिगतलाई फर्केर सम्झन मिल्छ । २०७७ सालको सुमधुर सन्ध्या नजिकिँदै गर्दा मलाई पनि विगतमा फर्कन मन लाग्यो । विगतमा झण्डै दुई दशक पहिला अर्थात ५० को दशकमा सानोमा आफूभन्दा ठूलाहरुले हाम्रो पालामा भनेको सुन्दा कस्तो कस्तो अचम्म लाग्थ्यो कि के भन्या होला हाम्रो पालामा कस्तो थियो होला उहाँहरुको पालामा अहिले आफ्नो बालापन र अहिलेको केटाकेटीको बालापन नियालेर हेर्दा आकाश जमिनको फरक पाउँछु । अनि म गम खान्छु हाम्रा अग्रजहरु को पालामा कस्तो थियो होला उहाँहरुको बालान् ?
सबैले अगाडि बढ्दै जाँदा हरेक कुराहरु फेरिदै जान्छन् । बालबालिकाको बालापन फेरिँदै तन्नेरी हरूको यौवन फेरिन्छ, वृद्धवृद्धाको बुढ््यौली फेरिने हो । समय अगाडि बढ्दै जाँदा मानिसको जिउने शैली फेरिन्छ । त्यसैले पनि मेरो बालापन र अहिलेको केटाकेटीको बालापन एकै प्रकारको हुने कुरै भएन । सोच्नु पर्ने कुरा कतिचाहिँ हो भने बालापनको संज्ञा कहाँ कुनमा छ ? त्यो वालापनमा कि यो मैले देखेको फरक चाहि विशेष गरी दुईवटा छ । एउटा पहिलेका बालबालिकाहरुले हाम्रो पालामासम्म पनि बालापन धेरै जिउँथे किनभने पढाईको दबाब कम थियो, अहिलेकाले बालापन न कमजोर छन् किनभने पढाइको दबाब बढी छ । अर्को पहिलेको बालपन प्रकृति मैत्री थिया,े अहिले बालापन प्रविधि मैत्री छ । यी दुईथरी बालापनमा कुन चाहिँ ठीक ? तर्क आ–आफ्नै हुन्छ ।
आठ दश वर्ष पहिले अहिलेसम्म एउटा कुरा सुन्दा होर, होइन होला,त्यसै भन्देकोे होला जस्तो लाग्थ्यो । कुरा के भने काठमाडौंका बच्चाहरुलाइ दूध के ले दिन्छ भन्दा डेरीले भन्छन रे, गुन्द्रुक को बोट कस्तो हुन्छ भनेर सोध्न् रे भनेको
सुनिन्थ्यो । सुन्दा खेरी होइन होला खिल्ली गरेर उडाएको होला जस्तो लाग्थ्यो । अहिले सोच्दा चाहिँ हो रहेछ क्यारे जस्तो लाग्छ । किनभने अहिले राजधानी लगायत ठूलो सहरको त कुरा छोडौं बजारसँग जोडिएको गाउँघरमा पनि डेरीबाट दूध किनेर खाने चलन बसेको छ । गाई भैसी पाल्ने भनेको त कसैले व्यवसायीक रुपमा गरे मात्र । नत्र त दूध, घिउ, नौनी हरेक कुराको लागि डेरी जिन्दावाद ! जन्मेदेखि पोकाको दुध देखेको बच्चाले कसरी भनोस् तर दुध गाईभैँसी ले दिन्छ भनेर । अनि कसरी थाहा पाओस ती बच्चाहरुले कुराउनीको त्यो मिठो स्वाद, जुन कुराउनी हामीलाई सानो छँदा बजैले दुध तताउने कराई खुर्केर दिनुहुन्थ्यो । दुध त एउटा उदाहरण मात्रै हो, पछिल्लो समयमा यस्ता धेरै कुराहरु
हराइसकेका छन् । मोही पार्दाको को घ्यार्रघुर्र, नौनी तताउँदा हरहर चल्ने घिउको बास्ना, एकाबिहानै आउने ढिकीको भर्कल्याङ भर्कल्याङ, जाताको
घरर स्वर यी सबै पछि पुस्ताको बालबालिकाको लागि एकादेशको कथा भइसकेको छ लगभग ।
मेरो भनाइको आसय फेरि के चाहिं बिल्कुलै होइन भने हामीले प्रगति गर्नु हुँदैन, परिवर्तन स्वीकार्न हुँदैन । समय सापेक्ष परिवर्तन र प्रगति हुनै पर्छ, स्वीकार्ने पर्छ तर बिडम्बना कहाँनेर भयो भने अहिलेको पुस्ताको बालबालिकालाई भुटेको मकै रुच्न छोड्यो, पपकन मिठो लाग्न थाल्यो । कोदो मकै र फापरको रोटी हरूको ठाउँमा पिज्जा र बर्गर नभई नहुने
भयो । मकै भटमासको सातुमा नपाइएको प्रोटीन हर्लिक्स र ल्याक्टोजिनमा खोज्न थालियो । गर्मीमा पिउनको लागि एकमात्र विकल्प तयारी पेय पदार्थ हुन थाल्यो, मोही त देखिनै छोड्यो । बच्चाहरुले गुलियो भन्नासाथ चोकोफन र क्यान्डी मात्र चिन्ने भए , दुधको कुराउनु कति गुलियो र मिठो हुन्छ भन्ने त बिचराले अनुभव नै गर्न पाएनन् । हिजोसम्म राम्रो भन्ने बच्चाले ममी भन्न थालेदेखि आमाको गोडा ढोग्न अप्ठेरो मान्न
थाल्यो । आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र भेषभुषा त अचेल केवल सजावटका सामग्रीमा सीमित हुन पुगे ।
हामीले समयसापेक्ष उन्नति प्रगति गर्दै जाँदा पनि आफ्नो धरातल के थियो ? हाम्रो पूर्वजहरुको सभ्यता के थियो ? त्यसको को महत्व के हो भन्ने कुरा आफूले पनि भुल्नु हुँदैन र आफूभन्दा पछि पुस्तालाई पनि त्यो कुरा सिकाउन पर्छ । यो कुरा साँचो हो कि अब कोहि मिलबाट ढिकी फर्कन सकिँदैन तर ढिकी भनेको के हो र नेपाली जनजीवनमा यसको के महत्व थियो भनेर आज पनि बालबालिकालाई सिकाउन त्यत्तिकै जरुरी छ । तब मात्र त्यो बच्चाले परिवर्तनको प्रक्रियालाई बुझ्न सक्छ । मेरो आशय अंग्रेजी भाषा बोल्नु हुँदैन भन्ने होइन । तर अंग्रेजी भाषा बोलेर आफ्नै भाषालाई हेला गर्नु हुँदैन भन्ने चाहिं पक्कै हो । पिज्जा बर्गर खानु आफैंमा गलत कुरा होइन तर आफूले पिज्जा खाएँ भन्दैमा मकै कोदोको रोटी खानेलाई हेलाको दृष्टिले हेर्नु चाहिँ पक्कै गलत हो ।
नेपाली नयाँवर्ष आउँदैछ, यो नयाँ वर्षले हामी सबैमा हरेक जातजाति ,भाषा, धर्म समुदायका मानिसहरुमा आफ्नो भाषा, धर्म ,संस्कृति
परम्पराप्रति लगाव वृद्धि गर्न सकोस् । यसको महत्व बुझ्न सघाउ होस् ताकि हामी आफूभन्दा पछिका पुस्ताहरुमा ज्ञान हस्तान्तरण गर्न सकौं । नत्र कतै दुई दशक पहिलेका बालबालिकाको प्रिय कालो कराईको कुराउनी आजको बालबालिकालाई एकादेशको कथा भए जस्तै अर्को दुई दशक पछि हाम्रो भाषा, संस्कृति, धर्म र परम्पराको पनि अवस्था त्यही कालो कराइको कुराउनीको जस्तै नहोला भन्न कहाँ सकिन्छ र ? सोच्नुस त दुई दशकपछि तपाई हाम्रो नानीबाबुहरुले अंग्रेजीमा कसरी पढ्दा कस्तो सुनिएला ? कुनै समयमा नेपालमा नेपाली भाषा पनि बोलिन्थ्यो, नेपालको आफ्नै धर्म संस्कृति र परम्परा हरु पनि थिए समय सँग सँगै …….. ! त्यसैले भविष्यमा त्यो दिन नआओस् भन्नको लागि आजैबाट सचेत बनौं ।
(आउँदै गरेको नेपाली नयाँ बर्षको सबैमा हार्दिक मंगलमय शुभकामना)