22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

व्यासमूर्ति निर्माणले गती लियो

दमौली/ १०८ फिट अग्लो मूर्ति निर्माणका लागि मंगलबार टेण्डर आव्हान गरिएको छ । चार वेद अठार पुराणका रचयिता व्यास ऋषिको तपोभूमि तनहुँ व्यास नगरपालिका वडा नं. ३ पञ्चमन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको पहिचान दिलाउने अभियान अन्तरगर्त व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने घोषणा २०६८ सालमै गरिएको थियो । व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)  अनुसार परियोजना सम्पन्न गर्नका लागि ६४ करोड बजेट लाग्ने अनुमान गरिएको छ । 

Related posts

सत्यवतीमा चाडपर्वको शुभकामना

admin

शिक्षक संघ ऋषिङ्गको तेस्रो प्रतिनिधि सभा

admin

घाँसीकुवामा दुर्घटना

admin