Tanahun Awaj
Uncategorized

डेढ लाख सहित सब इन्जिनियर समातिए

सञ्जय श्रेष्ठ

दमौली/सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा एक सब ईञ्जिनियर दमौलीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षाका शब इन्जिनियर सुरेन्द्र अधिकारीलाई दमौली मालपोत लाईनबाट पक्रेको हो ।
भानु –५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन उनले घुस मागेको भन्दै विद्यालयका अधिकारीहरुले उजुरी दिए पछि पोखराबाट टोली आएको थियो । मालपोत लाईन दमौलीको भिरकोट रेस्टुरेन्टमा नगद दिनासाथ अख्तियारको टोली घटनास्थल पुगेको थियो ।
घुसको सूचना आएकाले छापाः अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले पक्राउको घटनाको पुष्टि गरे । ‘काम सकिए पनि रकम मागेर आनाकानी गरेको सूचना आएकाले टोली खटाएका थियौं,’ उनले भने,‘रकमसहित पक्राउ गरिएको छ । अब थप अनुसन्धान थाल्छौ ।’

Related posts

सरोकारवाला बीच अन्तरक्रिया

admin

महासंघको ध्यानाकर्षण

admin

महिला सुन्दरता हेर्ने चस्मा बदलौं

admin