26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

ग्रेसद्वारा सिरक वितरण

अप्सरा भट्टराई
राम्जाकोट÷ग्रेस सोसाईटी नेपालले ऋषिङ–५ राम्जाकोटका ६५ परिवारलाई सिरका वितरण गरको छ ।
मंगलबार सुसे भञ्ज्याङमा आयोजित कार्यक्रममा सोसाइटीका प्रतिनिधि राजकुमार रानाभाट, वडासदस्य पदमबहादुर थापा तथा वडा सदस्य रामचन्द्र पोखरेलले संयुक्त रुपमा सिरक वितरण गरेका हुन् ।
सोसाइटीका स्थानीय प्रतिनिधि शेरबहादुर थापाका अनुसार एकल वडाका गवादी, टारीबाँध, बुन्जी, राम्जाकोट, डिही, ठूलोटार, खुर्सानी डांडा, बेलटारी तथा बाह्रविसे लगाएतका स्थानका एकल महिला तथा पुरुष, अति विपन्न अपाङ्गताभएका व्यक्तिहरुलाई सिरक वितरण गरिएको हो । जाडो बढ्दै जाँदा समस्यामा पर्ने ति परिवारलाई २ हजार मूल्य बराबरको सिरक वितरण गरिएको हो ।
थापाका अनुसार यस अघिपनि सोसाइटीले कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीका समयमा स्थानीय समुदायका ९२ परिवारलाई प्रति परिवार ३० किलो चामल, २ किलो दाल, एक लिटर तेल तथा एक किलो नुन वितरण गरको थियो ।

Related posts

१०७औं वी.पी. जयन्तीमा वी.पी. वादको चर्चा -देउवालाई लाग्यो MCC एजेन्टको आरोप

admin

सरस्वती पुजा सम्पन्न

admin

सम्बन्ध विच्छेदमा कारक तत्व विविध

admin