23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

१०७औं वी.पी. जयन्तीमा वी.पी. वादको चर्चा -देउवालाई लाग्यो MCC एजेन्टको आरोप

दमौली/१०७औं वी.पी. जयन्तीका अवसरमा बुधबार वी.पी. विचार राष्ट्रिय समाजले आयोजना गरेको कतै काँग्रेस हराएको त छैन, हराएको भए कसरी खोज्ने ? विषयक जुम बहस कार्यक्रममा अधिकाँश बक्ताहरुले नेपाली काँग्रेसले वी.पी. वादलाई छोडेको धारणा राखेका थिए ।
प्रमुख वक्ता संविधानविद् डा. भिमार्जुन आचार्यले नेपाली काँग्रेसको केन्द्रियस्तरको एक नेताले वी.पी. को प्रजातान्त्रिक समाजवाद आउट डेटेड भएको भनेर राखेको सार्वजनिक धारणाप्रति पटक पटक दोहो¥याएर दुःख व्यक्त गरेका थिए ।
सामाजिक, आर्थिक र राजनीतिक न्याय सहितको उदार प्रजातन्त्रको दर्शन बोकेको वैज्ञानिक र उन्नत प्रजातान्त्रिक समाजवादलाई आउट डेटेड भन्ने काँग्रेस नेताको धारणाप्रति प्रमुखवक्ता डा. आचार्यले धेरै पटक दुःख व्यक्त गरेका थिए ।
पूँजिवादले समानतालाई वेवास्ता गर्दै नाफालाई प्राथमिकता दिने, कम्यूनिष्ट समाजवादले स्वतन्त्रतालाई नियन्त्रण गर्दै समानतालाई प्राथमिकता दिने । यी दुवै वादको कमजोरीहरु हटाएर सामाजिक र आर्थिक न्याय सहितको प्रजातान्त्रिक समाजवादको आधुनिक वैज्ञानिक वी.पी. वादलाई आउट डेटेड भन्ने काँग्रेस कार्यकर्ताहरुको कमजोरीका कारण नेपाल स्थायी राजनीतिक अस्थिरता तर्फ अगाडि बढेकोमा संविधानविद् आचार्यले गहिरो चिन्ता व्यक्त गरेका थिए ।
‘वी.पी.वाद तर्फ उन्मुख नेपाली समाजलाई अवरोध गर्न १० बर्षे सशस्त्र विद्रोह, दरवार हत्याकाण्ड, मठमन्दिर आक्रमण, संविधानका धारा निलम्बन, धर्म निरपेक्षता, संघीयता, संविधान नबन्दै गणतन्त्रको घोषणा हुनु, संविधानले परिकल्पना गरेको राष्ट्र प्रमुख राष्ट्र र संविधानको संरक्षक नभएर अमुक दल वा गुटको संरक्षक बनेर प्रयोग हुनु र विश्वमा कहि कतै नभएको व्यवस्था सञ्चालन गर्न ऋण लिने अभ्यास हुनु देश स्थायी राजनीतिक अस्थिरता तर्फ अगाडि बढेका लक्षणहरु हुन्’ प्रमुख वक्ता आचार्यको निष्कर्ष थियो ।
‘देशमा प्रजातन्त्र आएपछि सुकिला मुकिला हावि हुने, त्यसका विरुद्ध फेरी सच्चा इमानदार कार्यकर्ताहरुले एक पटक आन्दोलन गर्नु पर्दछ भन्ने वी.पी. भविष्य द्रष्टा (Foresee) को विचारमा काँग्रेसलाई फर्काउन काँग्रेसले चाह्यो भने अझै पनि ढिला भएको छैन, सम्पूर्ण देशले साथ दिन्छ’ काँग्रेस कार्यकर्ता पनि नरहेका, स्वतन्त्र व्यक्तित्व प्राज्ञ डा. आचार्यको धारणा थियो ।
आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य लक्ष्मण घिमिरेले कोरोनाको भ्रष्टाचारमा बाहेक सत्तापक्ष र प्रतिपक्ष सबै भ्रष्टाचारमा मुछिएकोले काँग्रेसका स्वाभिमानी इमानदार कार्यकर्ताहरुलाई असैह्य पीडा भएको बताए । उनले अगाडि थपे– ‘पार्टी सभापति शेरबहादुरका भूमिका र कर्मले उनलाई MCC को एजेन्ट देखाएको छ ।’ समाजका बाग्मती प्रदेशका सभापति खेमराज सेढाईले देश बनाउने, पार्टी बलियो बनाउने सोंच नभएकाहरुले पार्टी कब्जा गरेर सच्चा इमानदार कार्यकर्तालाई काँग्रेसबाट निकाल्दिन थालेका कारणले आफू समेतका कार्यकर्ताले काँग्रेसको क्रियाशिल सदस्यता नविकरण नगरेको बताए ।
वी.पी.को १०७औं जयन्तीका अवसरमा वी.पी. वादको जुम बहसको सम्पूर्ण व्यवस्थापन समाजका सहअध्यक्ष नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले गरेका थिए ।

Related posts

बुटवल बबन्डर कांग्रेस आदर्शको क्षयिकरण

admin

व्यास नपाको चौथो नगर सभा सम्पन्न

admin

फरार रहेका अभियुक्त पक्राउ

admin