23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
साहित्य

तीन मुक्तक

प्रयत्न पबित्रा पोख्रेल
याङवरक–४, पाँचथर











एक
नेताले देश दिनदिनै खोक्रो पार्दैछन् ।
गुदी जति खाइसके बोक्रो पार्दैछन् ।।
नागरिकको दुःख कसले बुझ्छ र यहाँ,
बाहिर मिठा कुरा भित्र टोक्रो पार्दैछन् ।
दुई
के भूल भयो किन बोलेनौ प्रिय ।
गल्ति के थियो मेरो खोलेनौं प्रिय ।।
खाएका थियौं कसम संगैं जिउने,
किन सम्बन्ध जोड्न चाहनौं प्रिय ।
तीन
जीवन चल्छ यहाँ नेताहरुको घुसबाट ।
चल्छ जीवन खच्चरको केवल भुसबाट ।।
हाम्रो देशमा भ्रष्टाचार कसले गर्छ भन्दै,
फोन गर्छ त्यही नेताको छोराले रुसबाट ।

Related posts

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin

मुक्तकहरु

admin

अँध्यारो जीवन

admin