22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सलहको तनहुँ प्रवेश

चुँदी/भानु नगरपालीका-४ चुँदीकी सविता न्यौपानेले सामाजिक संजालमा फोटो पोष्ट गरेर तनहुँमा पनि आईतवार सलहको प्रवेश भएको संकेत गरेकी छन् । 

शनिवार तराईको बारा जिल्लाबाट प्रवेश गरेको सलह सोमवारसम्ममा दां र बॉकेसम्म पुग्न सक्ने विज्ञहरू बताउछन ।दुई चार लाखको संख्यामा नेपाल प्रवेश गरेको वयस्क र वच्चा सलह एक महिना मात्रै रहन सक्ने बताईएको छ । नेपालमा सलहले अण्डा पार्न नसक्ने राजस्थान नै जान पर्ने विज्ञहरूको दावी छ । वयस्क सलह एक दुई हप्ता मात्रै रहन सक्छ । वच्चा सलह एक महिनासम्म जीवित रहन सक्ने विज्ञहरूको दावी छ । 

सलह सॉझ परेपछि एक ठाउँमा जम्मा भएर बस्ने गर्दछ । विहान आठ नौ बजे मात्रै वाली खान निस्कन्छ ।सलहलाई सरकारले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सक्ने र किसानले धँवॉ लगाउने ड्रम बजाएर नियम्त्रणमा लिन सक्ने विज्ञहरूले दावी गरेका छन् ।

Related posts

केन्द्रीय साधारण सभा सम्पन्न

admin

प्रतियोगितामा प्रतिष्ठान तनहुँ प्रथम

admin

शनिवार काँग्रेस भेला

admin