24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

व्यास नपाको कोरोना विरुद्ध अभियान

दमौली/व्यास नगर पालिका विपद् व्यवस्थापन समितिको मङगलबार बसेको वैठकले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका सम्बन्धमा पुर्व तयारी अन्तर्गत आपत्कालिन कोष खडा गर्दै तत्काल पाँच लाख वजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले आजबाट सञ्चालन हुने व्यास नगरपालिका अन्तरगतका माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा(SEE) केन्द्रहरुमा हेल्पडेस्क सञ्चालन गर्ने र विशेष परिस्थितिमा क्वीक रेस्पोन्स टिम परिचालन गर्ने निर्णय गर्नुका साथै फिवर गन (Fever Gun) खरिद प्रक्रियालाई अघि बढाउने तथा स्यानिटाईजर खरिद गर्ने निर्णय गरेको छ ।
व्यास न.पा विपद् व्यवस्थापन समितिका संयोजक एवं वोर्ड सदस्य चन्द्रमाया परियारको अध्यक्षतामा बसेको वैठकवैठकले कोरोना भाईरसको महामारी साझा समस्या भएकोले जिल्ला स्थित विपद् व्यवस्थापन समितिको वैठक तत्काल बस्नका लागी अनुरोध गर्ने निर्णय गर्नुका साथै वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई कोरोना भाईरस बारे सचेतना मुलक कार्यक्रम गर्न तथा सचेत रहन निर्देश गर्ने निर्णय र नगरपालिका भित्रको हेल्प डेस्कलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । बैठकमा प्रदेश सांसद डोवाटे वि.क, जि.स.स प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, उप–प्रमुख मीरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त लगाएतको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।

Related posts

सिद्धेश्वरीमा बाल क्लब

admin

एस.इ.इ. परीक्षा शुरु

admin

किरियापुत्री भवनलाई सहयोग

admin