23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

दादुरा–रुवेला र कोरोनाप्रति सर्तकता

दमौली/नेपाल सरकारले दादुरा–रुवेला विरुद्ध देशव्यापी अभियान चलाएको छ भने कारोना भाईरस विरुद्ध बच्ने बचाउने अभियानमा सबैलाई आ–आफ्नो क्षमताले भ्याएसम्म सकर्तकता अपनाउन सुझाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले यस हप्ता पत्रकार, जनप्रतिनिधि, सरोकारवाला संघ संस्थाहरुलाई फरक फरक दिनमा बोलाएर अन्तरक्रिया गरेको छ, आ–आफ्नो तहबाट राष्ट्रिय अभियानमा सहयोग पु¥याउन आव्हान गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर दादुरा र रुवेलाको बारेमा चैत्र १ गतेदेखि ९ गतेसम्मको पहिलो चरणको कार्यक्रम र चैत्र १० गतेदेखि १८ गतेसम्म दोस्रो चरणको कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
बुधबार तनहूँ जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा समन्वय इकाई, तनहुँ उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखा, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ समेतका विभिन्न संघ संस्थाहरु बीच अन्तरक्रियाको कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानमा सफल पार्न आव्हान गरेको छ ।

Related posts

रामचन्द्र पौडेलको सपना दुवै अधुरा

admin

कठै भानु र देवकोटा अनि नेपाली भाषा

admin

काम कुरो एकातिर

admin