काठमाण्डौं/नेपाल पत्रकार महासंघले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउँदै मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन गरी अगाडि बढाउन आग्रह गरेको छ ।
महासंघका अनुसार पछिल्लो समय आएका केही विधेयकका प्रवाधानमा आफ्नो गम्भीर विमति रहेको उल्लेख गर्दै महासंघका कार्यवाहक सभापति विपुल पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे ।
कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन अन्तक्र्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तक्र्रियाबाट बढ्न प्रयत्न आफूले गर्ने बताए । परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानुन बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको स्मरण गराउँदै महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना पनि दिएको छ ।
सभामुखलाई पत्रकार महासंघको ध्यानाकर्षण
previous post