दमौली/तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसमा सार्वजनिक बिदा घोषणा गरेको छ । 
     गाउँपालिका को हर्कपुरमा सम्पन्न गाउँसभाले यस्तो निर्णय गरेको हो । दिवस यही फागुन १५ गते 
 मनाइँदैछ । 
     मगर बाहुल्य भएकाले ठूलो चाडमा बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष माया रानाले जानकारी दिइन्  ।  गाउँपालिकाको बैठकले सर्वसम्मत रूपबाट बिदाको निर्णय गरेको उनले बताइन् ।
     गाउँपालिकामा ३३ प्रतिशत भन्दा बढि मगर जातिको बसोबास रहेको छ । मगर दिवशकै अवसरमा गाउँपालिका स्तरिय मगर समितिले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष माया रानाको प्रमुख आथिथ्यतामा आयोजना हुँदैछ ।   
मगर दिवसमा सार्वजनिक बिदा
					previous post
				
				
					