28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

समाजवाद र लोकतन्त्र

माक्सबादी दर्शनः
सन् १८१८, मे ५ मा जर्मनको पर्सिया–ट्रियरको मध्यम बर्गीय समाजमा वर्लिन विश्वविद्यालयबाट २३ वर्षकै उमेरमा पि.एच.डी.को डिग्री लिन सफल कार्ल माक्स अदितीय प्रतिभा भएका व्यक्ति थिए । आफ्नो अध्ययनलाई गहिराइसम्म पुर्याइएका कार्ल माक्सले आफ्ना लेखहरु तथा पुस्तकहरु मार्फत विभिन्न सिद्धान्तहरुको प्रचार गरे । उनले ‘कम्युनिष्ट मेनिफेस्टो’, ‘पूँजी’, ‘दर्शनको गरिबी’, आदि पुस्तकहरु लेखे । कार्ल माक्स र उनका सहपाठी फ्रेडरिक एन्जेल्सको वैचारिक विश्लेषण र यसमा सहमत हुनेहरु सबैले प्रतिपादन गरेको सामाजिक विश्लेषणको निष्कर्षलाई समग्रमा ‘माक्सवादी दर्शन’ भनिन्छ । यो समाजको व्याख्या गर्ने एउटा छुट्टै दृष्टिकोण हो । समाजका श्रमजीवी बर्ग, अल्पसंख्यक, जाति जनजाति, धर्मसंस्कृतिका विवध सवालहरुलाई यसमा छलफल गरिन्छ । गरिबी, अभाव, बेरोजगारीको वस्तुगत कारण खोजेर विधि र पद्धतिद्धारा समुदायमा सम्पत्ति माथिको व्यवस्था, राजनैतिक प्रणाली, नातेदारी प्रथा, परिवार र धर्म संस्कृतिले समाजमा पर्ने प्रभावको बारेमा चर्चा गरिन्छ । माक्सवादमा धर्म, आर्थिक पक्ष, राजनिति, उत्पादन प्रणालीका प्रत्येक एकाइहरु प्रति हेर्ने दृष्टिकोण नै फरक छ ।
माक्सबादी र गैर माक्सवादीको सोच्ने तरिका नै फरक छ । माक्सवादले समाजका केही अगुवा व्यक्तिको सम्पत्तिको श्रोत र शक्ति माथि नियन्त्रणको प्रश्न उठाउँछ । प्राकृतिक श्रोतमाथि समान स्वामित्व, वितरण र परिचालन नभएकोमा आपत्ति प्रकट गर्दछ । समुदायमा हुने उत्पादन र विनिमय प्रणालीमा हेक्का राख्दछ । आर्थिक पक्षलाई समाज र संस्कृतिको निर्धारक तत्व मान्छ । आधार संरचनाले उपरी संरचना निर्माण गर्दछ भन्ने निष्कर्ष निकाल्छ । आधार संरचना भन्नाले आर्थिक व्यवस्था, उत्पादन प्रणाली, वितरण प्रणाली हो । उपरी संरचना भन्नाले सामाजिक मूल्य मान्यता, विचार, साँस्कृतिक र राजनितिक अवस्था हो । सामन्ती उत्पादन प्रणालीमा हुने परिवारको ढाँचा र मान्यता पूँजीवादी उत्पादन प्रणालीमा भन्न स्वरुपको हुन्छ । सामन्ती युगमा संयुक्त परिवार थियो भने पूँजीवादमा एकात्मक परिवार हुन्छ ।
माक्सवादले समाज विकासको कालखण्डलाई ६ भागमा विभाजित गर्दछ । १) आदिम साम्यवादी युग, २) दास युग, ३) सामन्ती युग, ४) पूँजीवादी युग र ५) समाजवादी युग र ६) साम्यवादी युग । मानिस पहिला अविकसित अवस्थामा थियो । राज्यको अस्तित्व थिएन । मानिसले जङ्गलमा घुमफिर गरेर खान्थे, कोही कसैको अधीनमा थिएन, लडाइँ झगडा थिएन, शान्त थियो । यसलाई ‘आदिम साम्यवाद’ भनियो । खेतीपातीको युग शुरु भए पछी बलवान व्यक्तिले नर्व्लियो व्यक्तिलाई अधिनमा लिने र दास–दासी बनाई काममा लगाउने चलन चल्यो । त्यसलाई ‘दासयुग’ भनियो ।
राज्यहरुको निर्माण भए पछी जोसँग सैनिक शक्ति, धन, बल र चतुर्याइ छ उही व्यक्ती राजा हुने अन्य व्यक्ति प्रजा भई राजाहरुको हुकुमलाई कानुन मानेर बस्नु पर्ने स्थिति आयो । त्यो समयलाई ‘सामन्ती’ युग भनियो । सामन्ती प्रथाले मानिस सन्तुष्ट नभए पछी राजा महाराजाको मात्र हुकुम नमानी हरेक व्यक्ति काननको अधिनमा रहनु पर्ने चलन चल्न थाल्यो जनताले चुनेका प्रतिनिधिले राज्य चलाउने व्यवस्था भयो । यसलाई प्रजातन्त्र भनियो । माक्सवादमा यसैलाई ‘पुँजीवादी’ भनिन्छ । पुँजीवादी युगमा विभिन्न कल कारखानाको स्थापना भयो । उद्योग संचालन गर्न मालिक र काम गर्ने मज्दुरी धनी र गरिबको पहिचान हुन थाल्यो उद्यो संचालनमा मालिकले नाफा धेरै लिनेछन् । र श्रमजीवी – मजदुर शोषणको मारमा पर्ने भयो अन्तराष्ट्रि व्यापारले गर्दा खास गरी तेस्रो विश्वका अविकिशत मुलुकहरु परनिरभर हुन पुगे । तेस्रो विश्वका देशहरुले कच्चा पदार्थ र श्रमजीवी मज्दुरको निर्यात गर्ने तथा राष्ट्रका सिमित व्यक्तिले स्रोत र शक्तिमा हालिमुहाली गर्ने वातावरणले गर्दा धनी र गरिब बर्गको बीचमा ठुलो विभेद भयो । विभेदले वर्ग संघर्षको रुपमा द्धन्द हुन्छ । मज्दुरको संख्या धेरै हुनाले अन्तयमा सर्वहारा वर्गकै जीत हुन्छ । भन्ने माक्सबादको निष्कर्ष छ । पूँजीवादमा समस्याको समाधान नहुने विश्लेषण गर्दै समाज त्यो भन्दा अगाडि जानुपर्ने बाटो माक्सवादले देखाउँछ । क्रान्तिद्धारा राज्यसत्ता प्राप्त गरी मजदुर वर्गको हितमा काम गर्न सकिन्छ । उद्योगमा मजदुरको पनि शेयर हुने गरी राष्ट्रियकरण गरिन्छ । सामुहिक खेती प्रणालीद्धारा कृषिको आधुनिकीकरण गरिन्छ । घर जग्गा र कृषिमा गरिएको राष्ट्रियकरणले राष्ट्रको दायित्व बढ्छ र जनताले सेवा सुविधा पाउँछन् । सम्पूर्ण नागरिकको गास–वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले गर्नु पर्छ । योग्यता अनुसारको काम र काम अनुसारको दाम पाइने हुनाले सामाजिक न्याय स्थापना हुन्छ र राष्ट्रले सम्बृद्धि प्राप्त गर्छ, भनिएको छ । यो अवस्थालाई ‘समाजवाद’ भनियो ।
मानवीय अवश्यकता पूरा भएपछि, तीब्र आर्थिक बृद्धि हुन्छ र समाजमा शोषण कम हुँदै जान्छ, अन्तमा सबै जनता सम्पन्न हुन्छन् । त्यतिबेला कसैले सङ्घर्ष गरिरहनु पर्दैन र वर्ग विलिन भई ‘साम्यवाद’ आउँछ । ‘साम्यवाद’ विकासको चरम लक्ष्य भएकोले यतैतर्फ सबैको प्रयास हुनुपर्छ भन्ने माक्सवादले दिशा–निर्देश गर्दछ । वैज्ञानिक भौतिकवादी दृष्टिबाट द्धन्दको विश्लेषण गर्ने हुनाले माक्सवादलाई द्धन्दात्मक, भौतिकवादी दर्शन पनि भनिन्छ । पदार्थ नै शाश्वत सत्य हो, यसैको अवस्थाबाट चेतनाको विकास हुने हुनाले प्रकृतिभन्दा पर गएर समस्याको समाधान हुँदैन भन्ने यसको चुरो कुरा हो । माक्सवादीहरु माक्सवादलाई एउटा विज्ञानको रुपमा स्वीकार गर्दछन् ।

माक्सवादका विशेषताहरुः
१) आत्मा–परमात्मा या कुनै अलौकिक शक्तिको अस्तित्व
छैन । जे छ प्रकृति मै छ । चेतना भन्ने कुरा पदार्थको अवस्थाबाट बन्ने हुनाले, पूर्वजन्म वा पुनर्जन्ममा विश्वास गर्न
सकिदैन । वैज्ञानिक रुपमा प्रमाणित कुरालाई मात्र सत्य मान्न सकिन्छ ।
२) समाज स्थायी संरचना
होइन । हिजोको समाज आजको जस्तो थिएन । त्यसैले भोलि पनि यस्तै रहन सक्दैन । यो समाजमा परिवर्तन र प्रगति भइरहन्छ ।
३) समाजमा सन्तुलन छैन । हरेक परिवार, सरुंस्था, संगठन र समाजमा आ–आफ्नो वर्गीय स्वार्थले विचारमा अन्तरविरोध जन्माउँछ । यही स्वार्थी विचार नै दोन्दको करण हो ।
४) शक्तिको श्रोत आर्थिक व्यवस्था हो । श्रोतको असमान वितरणले सङर्घषलाई प्रेरित गर्छ । हुने वर्ग र नहुने वर्गको बिचमा लडाईं भईरहन्छ । यसैलाई वर्ग सङर्घष भनिन्छ ।
५) पूँजीगत वर्गले जति बढी शोषण र दमन गर्छ, उति नै धेरै वर्गीय चेतना विकास हुन्छ । श्रमजीवीको वर्गीय संगठन बलियो हुँदै जाँदा वर्ग सङ्घर्षले क्रन्तिको रुप लिन्छ ।
६) यही क्रन्तिको रुपान्त्रण ल्याउँछ र समाज विकासमा अगाडि बढ्छ ।
७) समाजको प्रगति मानिसको विचारले भन्दा अवस्थाले निर्धारण गर्छ ।
८) समाजिक वा सांस्कृतिक परिवर्तनमा न्यून वर्गले मध्यम वर्गबाट सहानुभूति प्राप्त
गर्दछ । मध्यम वर्गका मानिस धेरै अवसरवादी हुने हुनाले सतर्क रहनुपर्छ ।
९) हरेक घटनाको वस्तुगत कारण हुन्छ, त्यसको विश्लेषण गरी आगामी कार्यक्रम तय गर्नुपर्छ ।
१०) राष्ट्र सम्पन्न भए समाज सम्पन्न हुन्छ, समाज सम्पन्न भए मात्र व्यक्ति सम्पन्न हुन्छ ।
११) जीवन र जगतलाई हेर्दा वैज्ञानिक दृष्टिबाट हेर्नुपर्छ । धर्म, कला, साहित्य र सरुंस्कृतिको पनि प्रगतिशील विश्लेषण गर्नुपर्छ ।
१२) चेतना मानिकसको मस्तिष्कको विशेषता हो । वस्तुगत परिस्थितिले चेतनालको विकास हुन्छ ।
१३) आधार संरचना (आर्थिक अवस्था) ले उपरिसंरचना (मूल्य मान्यता र विचार) निर्धारण
गर्दछ ।
१४) शोषण रहित (वर्ग विहीन) समाजको परिकल्पना साकार पार्नु क्रियाशील हुनु क्रान्तिकारीता हो ।
१५) बहुसंख्यामा रहेको कारणले गरिब या सर्वहाराको जीत अवशयंभावी छ ।
१६) सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्छ र समाजिक न्यायको स्थापना गर्नुपर्छ । सबैले खान, लाउन, बस्न, पढ्न, उपचार, गर्न र रोजगारी गर्न पाउनुपर्छ ।
१७) बहुसङ्ख्यक नागरिकको भलो हुने निर्णय गर्नु नै न्याय हो । पछि परेको वर्गलाई अवसर दिनु समता (सामाजिक न्याय) हो ।
माक्सवादी सिद्धान्तका अनुयायीहरु कम्युनिष्ट
बन्दछन् । यसमा असहमत हुनेहरु कम्युनिष्ट बन्दैनन् । कम्युनिष्टलाई वामपन्थी भिातभकत र लोकतन्त्रवादीलाई च्ष्नजतभकत भन्ने चलन छ । (तर सबै बामपन्थी जति कम्युनिष्ट हुदैनन् तर समाजमा कम्युनिष्टहरु बामपन्थी नै हुन्)

–(बाँकी अर्को अंकमा)

Related posts

देवानी संहिताले व्यवस्था गरेको अंश हक

admin

मातृत्व पितृत्व संरक्षकत्व माथवरी धर्मपुत्र धर्म पुत्री अंशबण्डा

admin

व्यासमा कर व्यवस्थापन सहजीकरण समिति

admin