करङकाठ/फुटसलमा बढ्दै गएको लोकप्रियता आत्मसाथ गर्दै व्यास–१ करङकाठमा फुटसल मैदान तयार पारिएको छ ।
एक करोड संयुक्त लगानीमा स्थानीय पाँच युवाहरु अविनाश कैनी, सागर शाही, नरेन्द्रराज शर्मा, सन्तोष दरै तथा विवेक आचार्यले फुटसल निर्माण गरेका हुन् । इन्डोर गेम भएकाले घाम पानीको अबरोध नरहने तथा सानो मैदानमा र थोरै खेलाडी भएर खेल्न सकिने भएकाले फुटसलको लोकप्रियता बढ्दो छ । पाँच पाँच जनाको दुइ समूह वा सात सात जनाको दुइ समूह बनाएर खेल्ने मिल्ने यो खेलले खेल सुरुवातको ९ दशकमा संसारभर नै निकै लोकप्रियता पाएको छ ।
बल, पिउने पानी र प्राथमिक उपचारका सामग्री फुटसलमै उपलब्ध हुने व्यवस्था रहेको यो फुटसलमा पाँच पाँच जनाको समूहमा खेल्ने खेलाडीका लागि प्रति खेलाडी एक सय २० रुपैयाँ र सात सात जना सम्मिलित भएर खलिने खेलका लागि प्रति खेलाडी एक सय ५० रुपैयाँ शुल्क तोकिएको छ । तीन रोपनी जमिनमा फैलिएको उक्त मैदानमा एक पटकमा दुवै खाले अर्थात सेभेन ए साइड र फाइभ एसाड गेम खेल्ने मिल्ने बताइएको छ । फुटसलको शनिबार व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उनले निजी क्षेत्रबाट खेल क्षेत्रको विकासमा लगानी आउनु सकारात्मक भएको उल्लेख गर्दै दमौलीलाई खेलकुदको केन्द्रका रुपमा विकास गर्न यसले बल दिने उल्लेख गरे ।
धेरै फुटसलका नियमहरु फुटबलसंग मिल्दोजुल्दो भएपनि केही नियम भने यो खेलमा फुटबलभन्दा फरक छ ।