Tanahun Awaj
Uncategorized

देउसीभैलोबाट मन्दिर

चोकचिसापानी/भानु न.पा. वडा नं. १० स्थित जनजागृति मा.वि. को हाताभित्र बनेको सरस्वती मन्दिरको विहिबार उद्घाटन भएको छ ।

श्रीपञ्चमी सरस्वती पुजाको दिन माघ १६ गते नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र २०७५ सालमा खेलेको देउसीभैलोबाट प्राप्त गरेको आम्दानीबाट सो मन्दिरको निर्माण गरिएको हाम्रा सम्वाददाता बाबुराम खनालले बताएका छन् ।

कार्यक्रममा भानु न.पा. की उपमेयर आशा थापा, वडाध्यक्ष गोविन्द सिलवाल, सदस्य प्रेमराज उप्रेति, सविता उप्रेति समेतले बोलेका थिए ।

Related posts

छुट्टै दुई घटनामा दुइको मृत्यु

admin

अपाङ्गता परिचय पत्रका लागि शिविर

admin

कांग्रेस महासमिति बैठक: हार्दिकता र एकताको सन्देश बोकेर फर्किए सहभागिहरु

admin