दमौली/तनहूँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सव आज आठौं दिनमा चलिरहेको छ । आजको आकर्षण कृष्ण कँडेलको नेतृत्वमा रहेको इन्द्रेणी समूहको प्रस्तुती रहने आयोजकले बताएको छ ।
बुधबार प्रमोद खरेलको प्रस्तुती महोत्सव सहभागि रंगकर्मिको आकर्षण रहेको थियो । दोस्रो आकर्षण अधिकृत विक्रेता संघ तनहुँद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम रहेको थियो भने तेस्रो आकर्षण ललितपुरदेखि आएका तत्काल मानव आकृति कोरेर देखाउन सिद्धहस्त चित्रकार लाक्पा सेर्पाको कला थियो ।
माघेसंक्रान्ति पर्वमा त्यसैपनि दमौलीको बजार मेला लाग्ने ठाउँ हो । आजको दिनमा गण्डकी प्रदेश सरकारले विदाको घोषणा गरिदिएको कारण बुधबार महोत्सवमा सहभागि संख्या अरु दिन भन्दा उल्लेख्य रहेको थियो । अरु दिनभन्दा बुधबारको व्यापार बढी रहेको तनहुँ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक हरिबहादुर थापाले बताउनु भयो । बालबच्चा र युवा युवतीको महोत्सवमा विशेष आक्रषण रहेको पाइन्थ्यो ।