दमौली/व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा निर्माण सम्पन्न भएको आवासीय किरियापुत्री भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
९८ लाखको लागतमा सम्पन्न भएको भवनको साँचो उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले शुत्रबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तण गरेका हुन् । व्यास नपाको आर्थिक सहयोग र स्थानीयवासीको चन्दा सङ्कलनबाट रु ९८ लाख ३२ हजार सात सय ११ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि व्यास नगरपालिकाले रु ३६ लाख ७६ हजार ७ सय ९७, व्यास नगरपालिका–३ वडा कार्यालयले रु २ लाख ६० हजार सहयोग गरेका थिए भने रसिद प्याडबाट रु ४५ लाख ३९ हजार ४ सय ७३ सङ्कलन भएको भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष मन्जु वाग्लेले जानकारी दिए । भवन निर्माणका लागि नेपालका विभिन्न ठाउँका साथै विदेशबाट समेत रकम सङ्कलन भएको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उपभोक्ता समितिले समयमा नै भवन निर्माण सम्पन्न गरेर उदाहरणीय काम गरेको बताए । व्यास नगर प्रमुख न्यौपानेले अनुमान गरिएभन्दा बढी सहयोग रकम उठाएर भवन निर्माण सम्पन्न गरेकोमा समितिलाई धन्यवाद ज्ञापन गरे । समितिका अध्यक्ष लम्सालले जिल्लाका सञ्चारमाध्यमको महत्वपुर्ण सहयोगका कारण रकम सङ्कलन गर्न सहज भएको बताए ।
यसैबीच उक्त अवसरमा भवन निर्माणको क्रममा रु एक लाख भन्दा बढी दान दिने दाताहरुलाई सम्मान गरियो । भवन निर्माणको लागि रु ५ लाख नगद र रु २ लाख ५० हजार मूल्य बराबरको जग्गा प्रदान गर्ने बन्दीपुर भिमसेन गुठी, रु ५ लाख दुईहजार सहयोग गर्ने बन्दीपुर गाउँपालिका–१ डुम्रेका धु्रवकुमार प्रधान, रु ३ लाख ५१ हजार सहयोग गर्ने तनहुँ घर भई काठमाडौ बस्दै आउनु भएका पदमचन्द्र पौडेल, रामचन्द्र पौडेल र दिलीपचन्द्र पौडेल, रु एक लाख एक प्रदान गर्ने व्यास नगरपालिका–३ सफासडक निवासी राजकुमार श्रेष्ठ, रु एक लाख १५ प्रदान गर्ने व्यास नगरपालिका–३ सफासडक निवासी मिनराज श्रेष्ठ र रु एक लाख प्रदान गर्ने माछापुच्छ«े बैङ्कलाई समितिले सम्मान गरेको छ । समितिले समाचार सम्प्रेषणमा सहयोग पु¥याए बापत पत्रकार कृष्ण न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।