बाबुराम खनाल
भानु टुटेपानी होमस्टे भानु १३ लाई युवा जागरण अभियान तनहुँले ७१० वटा कफिका विरुवा वितरण गरेको छ । आइतबार आयोजित कार्यक्रममा अभियानका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । भानु १३ का वडाध्यक्ष रामबहादुर बानियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै बानियाले होमस्टेलाई सहयोग गरेकोमा अभियानका नेतृत्वकर्ताहरु प्रति कृतज्ञता प्रकट गरे । उपाध्यक्ष रानाको अध्यक्षताका आयोजित कार्यक्रममा बोल्दै होमस्टेका अध्यक्ष क्या होमबाहादुर रानाले होमस्टेलाई संस्थागत गर्न सहयोग गरेकोमा अभियानलाई धन्यवाद दिए । कार्यक्रमका अध्यक्ष रानाले होमस्टेमा आउने पाहुनाले अर्गानिक कफिको स्वाद लिन पाउन भन्ने उद्देश्यले कफिका विरुवा वितरण गरिएको बताए ।
यसैबीच होमस्टेले अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्य देखिने गरी भ्यूटावर समेत निर्माण सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकारको १० लाख आर्थिक सहयोगमा टावर निर्माण गरिएको हो । होमस्टेले आफ्ना पाहुनाका लागि निशुल्क वाइफाईको समेत व्यवस्था गरेको छ ।