24.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

पिडितलाई सहयोग

कटुजे/व्यास नपा ७ स्थित कटुजेका चट्याङ पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाले नगद सहयोग गरेको छ । जेठ १३ गते परेको चट्याङले १३ वर्षिय बालिका पुष्पा भण्डारी र उनका दाजु २४ वर्षिय विजय भण्डारी घाइते भएका थिए । उनीहरुको परिवारलाई नेरेसो कलेस्ती उपशाखाका सभापति बाबुराम खनालले मंगबार नगद तीनहजार सहयोग हस्तान्तरण गरेका हुन् ।

यसैगरी गजुरे स्वास्थ्य चौकीका कर्मचारीहरुको तर्फबाट पिडित परिवारलाई दुइहजार सातसय रुपैयाँ नगद सहयोग गरिएको बताइएको छ । कमजोर आर्थिक अवस्था भएका भण्डारी परिवारकी पुष्पा चट्याङका कारण गम्भीर घाइते भएपछि उनलाई पोखरा स्थित कास्की सेवा अस्पतालमा सघन उपचार कक्षमा उपचार गरी हाल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार सारेर उपचार गरिएको छ । भण्डारीको उपचारका लागी गाउमा चन्दा संकलन गरिएको रेडक्रस कलेस्ती उपशाखा सभापति खनालले बताए ।

क्यामिनकोट माविमा कक्षा ७ मा अध्ययनरत भण्डारीको उपचारमा अझ केही दिन लाग्ने परिवारले जनाएको छ । सामान्य घाइते भएका भण्डारीका दाजु विजय भने दुइदिनको उपचार पछि घर फर्किसकेका छन् ।

Related posts

नेपाली भाषा र व्याकरणबारे तालिम

admin

ए यस्तो पो……..

admin

दुइ टाउके पंछी भारुण्ड र नेपाली कांग्रेसको नियती

admin