दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष एवं कान्तिपुर संवाददाता प्रताप रानालाई समाचार संकलनका क्रममा वडा कार्यालय जाँदा भिमाद नगरपालिका वडा नंं.५ का वडा सचिव रमेश प्रकाश बरालले दुव्र्यवहार गरेका थिए ।
वडा सचिव वरालले प्राकृतिक स्रोतसाधन माथि भएको चरम दोहनको समाचार संकलनको सन्दर्भमा सोमवार दिउसो वडा कार्यालय पुगेका पत्रकार राना माथि आक्राशित वनि थर्काउदै अभद्र व्यवहार गरेका हुन् । पत्रकारिताका माध्यमबाट आमजनतालाई सुसूचित पार्ने संवैधानिक हक अन्तर्गत सूचना माग्न कार्यालय पुगेका पत्रकारलाई सूचना दिन्न, जे गर्छौ गर भन्दै वडा सचिव बरालका आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
सूचनाको हक ग्यारेण्टी र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाध रुपमा सुरक्षित ढङ्गले पत्रकारिता गर्ने वातावरण निर्माण गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने उक्त वडा सचिव बरालमाथि कार्वाही गर्न पत्रकार महासंघ तनहुँले एक विज्ञप्ती जारी गर्दै माग गरेको छ ।