24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

नेपाली काँग्रेस तनहुँको पूर्ण क्षेत्रीय बैठक सम्पन्न

दमौली/नेपाली कांग्रेस तनहुँले दुबै क्षेत्रमा बृहद बैठक सम्पन्न गरेको छ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न ती दुबै बैठकमा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

चैत्र २३ गते क्षेत्र नं. २ मा सभापति ध्रुवकुमार क्षेत्रको सभापतित्वमा भएको पूर्ण बैठकमा भन्दा चैत्र २५ गते क्षेत्र नम्बर १ का सभापति भिमबहादुर अधिकारीको अध्यक्षतामा बसेको पूर्ण बैठकमा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । बैठकमा सहभागिहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनु भयो । अहिलेको नेतृत्वले बीपीको विचार भन्दा सत्तालाई प्राथमिकता दिएका कारण देशभर पार्टी कमजोर भएर पराजय भोग्न परेको बताउनु भयो ।

टिकट लिएका उम्मेवारले आफू जित्ने र अरुलाई हराउन गरेको प्रयासले चुनावमा नेपाली काँग्रेस तनहुँलाइ शून्य अवस्थामा पु¥याएको जोशीले बताउनु भयो । जनता र कार्यकर्ताप्रति उत्तरदायी हुन नसक्ने नेतृत्वबाट नेपाली काँग्रेस तनहुँलाई बचाउन विधान बमोजिम नै विशेष अधिवेशनबाट हटाएर डिल्लीराम अधिकारीको नेतृत्वमा नेपाली काँग्रेस तनहुँ विधिवत क्रियाशिल भएको जोशीको निष्कर्ष थियो । नेपाली काँग्रेस तनहुँको पूर्ण क्षेत्रीय बैठकलाई जिल्ला सभापति डिल्लीराम अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।

Related posts

ओली सरकारको दुइवर्ष-मलिन मुहार र बोलीमा सम्बोधन

admin

१०७औं वी.पी. जयन्तीमा वी.पी. वादको चर्चा -देउवालाई लाग्यो MCC एजेन्टको आरोप

admin

सरदार वंशुका बंसज ओख्लेमा भेटघाट

admin