Tanahun Awaj
Uncategorized

जनसहयोगी माविमा शैक्षिक सामग्री वितरण

भानु/भानु १३ स्थित जनसहयोगी माविमा सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । तनहु व्यास नगरपालिका वडा नं. ९ गैरीस्वाँरा घरभै हाल व्यास २ सफासडकस्थित एस. के. फोटो स्टुडियोका प्रोपाइटर शिव गुरुङ्गले विद्यालयमा अध्ययनरत कक्षा १ र २ का विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरेका हुन् ।

गुरुङ्गले कक्षा १ मा प्रथम भएकी छात्रा सायमा निशालाई झोला, छाता, खादा, मायाको चिनो हस्तान्तरण गरेका हुन् । त्यसै गरी कक्षा २ मा प्रथम भएकी श्रीशा गुरुङ्गलाई मायाको चिनो र खादाले सम्मान गरेका थिए । वार्षिक परिक्षाको नतिजा समेत प्रकाशन गरिएको सो कार्यक्रममा विद्यार्थीलाई प्रोत्साहनका लागि करीब चार हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौलादिन शेखको अध्यक्षतामा भएको सो कार्यक्रममा वि.व्य.स का पूर्वअध्यक्ष अब्दुलरहीम मियाँ, विव्यसका मानबहादुर थापा, प्रधानध्यापक रामकृष्ण पौडेल, शिक्षक इन्द्र कुञ्जेदा लगायतले परिक्षामा उर्तिण हुने सम्पुर्ण विद्यार्थीलाई बधाई दिदैँ शैक्षिक सामग्री वितरण गरेकोमा गुरुङ्गलाई धन्यवाद दिएका थिए ।

Related posts

सामुदायिक विद्यालय र १०+२ का कुरा

admin

शालिक अनावरण

admin

दमौलीमा अडानको अन्र्तक्रिया

admin