दमौली/होटल व्यवसायीले नयाँ बर्षलाई फरक शैलीमा भव्यतापूर्वक मनाउन लागिरहेको छ । नयाँ बर्ष २०७६ लाई स्वागत गर्न होटल व्यवसायी संघतनहूँले शनिबार नयाँ बर्ष साँगीतिक साँझको आयोजना गरेर नेपाली मौलिकताको पहिचान प्रकट गरेको छ ।
नयाँ बर्ष साँगीतिक साँझको आयोजनाबाट होटल व्यवसायीहरु पनि सामाजिक अभियानमा साथसाथै हिड्न चाहेको संदेश दिन खोजिएको छ । करिब पाँच लाख नेपाली युवायुवतीहरुलाई तनहुँमा उतारेर आन्तरिक तथा बाह्य पर्यटनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएर नयाँ बर्ष सांगितिक साँझ कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताउनुभयो । तनहूँको पहिचानको रुपमा रहेको छाब्दी बाराही, ढोरबाराही, व्यासभूमि, व्यासको १०८ फिटको प्रतिमा निर्माण अभियानलाई ती युवायुवतीहरु माझ पु¥याउने लक्ष्य संघले लिएको सचिव दुर्गाविलास भट्टराईले बताउनु भयो । साथै कालिका जंगलपार्क, भुजुङकोट, तीनखोल मन्दिर, ‘पहाडकी रानी’ भन्ने उपमाले चिनिने बन्दिपुर, सिद्ध गुफा समेतका बारेमा साँगितिक साँझमा उत्रने युवायुवतीहरुमा ज्ञान प्रवाह हुने विश्वास आयोजकले लिएको छ ।
साँझलाई भव्य र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थाको राम्रो प्रवन्ध गर्नुका साथै प्रवेश शुल्क दुई सय रुपयाँ गर्ने सोंच बनाइएको कोषाध्यक्ष हर्षनारायण कायस्थले बताउनु भयो । उहाँले साँगितिक साँझको आम्दानीबाट भएको बचतको २० प्रतिशत आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता पनि बुधकार आयोजित पत्रकार सम्मेलनमा जाहेर गर्नुभयो । तनहुँका युवा युवतीहरुलार्ई दमौलीमै रोकेर होटल व्यवसायको संरक्षण र सम्बद्र्धन गर्ने ध्येय राखेको जानकारहरु बताउँछन् ।