22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

दिउँसै चारी गर्ने पक्राउ

दमौली/व्यास नगरपालिका २, मालपोत लाइनमा दिउँसै चोरी गर्ने एक व्यक्ति पक्राउ परेको छ । शनिबार दिउँसो तिन बजे मिना सुनारको घरमा डेरा गरी बस्ने युवराज आलेको कोठाबाट नगद १७ हजार चोरी गरि काठमाडौं भाग्न लागेको अवस्थामा आइतबार व्यास नगरपालिका ३ बिसघरे स्थायी घर भई हाल भादगाउँ बस्ने २५ वर्षीय राम थापा मगर पक्राउ परेको हो । मगरले यसअघि पनि कार्तिक ३ गते व्यास २, मालपोत लाइनमा सीतारामप्रसाद बानियाँको डेराबाट ६० हजार र पुष ८ गने अमरापुरी का किशोर पण्डितको घरबाट २३ हजार चोरी गरेको खुलेको छ । उनलाई आइतबार नैनकबजी चोरी मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

Related posts

दमौलीमा अन्तराष्ट्रिय बेपत्ता दिवस

admin

भानुको समुदायमा झ्यांगिंदै कोरोना

admin

हिंसा विरुद्धको अभियान गाउँमुखी हुन आवश्यक छ

admin