राजेन्द्र परियार
भन्निछ हे भगवान शत्रु बाट त बाच्न सक्छु तर आफ्नै मित्र बाट बचाउ मलाई त्यस्तै भयो कांग्रेसका पुर्ब सहमहामन्त्रि गोविन्दराज जोशीलाई । २००६ सालमा तनहुँ जिल्लको रुपाकोटको खाल्टेमा जन्मेका जोशी महामानव वि.पि कोइराला बाट प्रभावित भई नेपाली कांग्रसमा प्रबेश गरेका थिए । जोशीलाई राजनितीको चतुर खेलाडीको रुपामा हेरिन्छ । जोशी पन्ध्र बर्षको कलिलो उमेर देखि राजनितीमा लागेका हुन् बिद्यार्थी मञ्चको अध्यक्ष देखि नेपालका गृहमन्त्री समेत भइसकेका जोशीले आफु शक्तिमा रहदा समग्र तनहुँको बिकासलाई जोड दिइएको पाइन्छ ।
२०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ कांगे्रस जिल्ल कार्य समिती गठन गरेको बताउछन् । कांगे्रसमा काम गर्दै जादा २०३० सालमा तनहुँ कांगे्रसका सचिव तथा उपसभापति भए । राजनिती संगै ंअध्यापक पेशामा रहेका उनी तनहुँको त्रिभुवन माध्यामिक विद्यालको संथापक प्रधानअध्यापक रहेर ६ बर्ष निशुल्क अध्यापन गराए । त्यस लगतै रिसिङ शिव माध्यामिक विद्यालका प्रधानअध्यापकको रुपमा काम गरे त्यसैले उनी तनहुँमा जोशी सरको नामका परिचत छन । आफनो अध्यापन कालमा २ बर्ष आदिकवी भानुभक्त क्यापसका संथापक समेत भएर कम गरे । उनी पेशाले वकिल पनि थिए । तनहुँ , लमजुङ ,कास्की र गोर्खाका उनले आफ्नै छुट्टै पहिचन बनाइ सकेका थिए । धेरै जस्तो मुद्दामा बहस गर्न उनलाई छिमेकी जिल्लामा बोलाइन्थ्यो ।
१२ बर्ष वकिल पेशामा आबद्ध रहे पछि उनि तनहुँ बार यसोसियसनको अध्यक्ष र पश्च्मिाञ्चल बार यसोसियसनका उपाअध्यक्ष भए । त्यस समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको थियो । पञ्चायती राजतन्त्र शासनको बिरुद्द आन्दोलनमा सरिक भएकोमा उनी ४ बर्ष जेल परे । जेल जिवन यापन गरे संगै उनि राष्ट्र राजनितीमा लागि परे । २०४८ तथा २०५१ सालमा तनहुँ बाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रय सदस्य र १ कार्यकाल पाटीको सहमहा मन्त्री भए । जोशी तनहुँ बाट निर्वाचित भएर राष्ट्रि राजनितीमा प्रभाबशाली नेताको रुपमा हेरिन थाले । उनी प्रतिनिधी सभा सदस्य हुदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाई मन्त्री जलस्रोत , स्थानीय बिकास मन्त्री शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री भएका नेता हुन । , आफु शिक्षा मन्त्री हुदा तनहुँको शिक्षा क्षेत्र बिकास गर्नेको लागि एकै पटकमा ४० ओटा माध्यामिक विद्यालको स्वीकृती दिएका थिए ।
गृहमन्त्री हुदा कांग्रेस तनहुँको पार्टी कार्यलयको जग्गा १४ लाख किनेका र सानेपामा रहेको केन्द्रीय कार्यलय बनाउन महत्वपुर्ण भमिका खेलेका थिए । जोशीले भानुमा रहेको सशस्त्र तालिम केन्द्र , दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना मदरसा विद्यालको व्यवस्थापन लगाएतको महत्वपुर्ण विकास काम गरे । जस्का कारण आज पनि उनलाई गृहजिल्लमा हाई हाई र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ । यस्तो बिकास प्रेमी नेताका रुपमा गोविन्दाराज जाशीलाई तनहुँले पाउनु तनहुँबासीलाई सैभाग्यको कुरा थियो । तर दुर्भग्यबस उनलाई भ्रष्टचारको आरोप लग्यो । आफु सत्तामा र पावरमा रहदा उनले आफ्नो काममा निरतरता दिइरहे र शत्रु बाट जोगिए । तर उनलाई आफ्नै मित्रहरुबाट सुनियोजित रुपमा भ्रष्टचारको आरोप लगाइयो । आरोप लागे संगै उनको पावर क्रमश रुपमा घट्दै गयो ।
माघ ८ गते किन बिशेष अधिवेशन गरियो उनि निकट रहेका केहीले उनको साथ छोडी सत्ता र पावरमा भएकाको पछि लागे र उनको बदनाम लागि रहे, र जो पावरको पछि नलागि उनि निकट रहेकाहरु लाई बतमार्न तनहुँ कांग्रेसले समानतर व्यबाहार गरेन कसैलाई काखा र कसैलाई पाखा गर्दा जस्को पनि मन दुख्छ । उनि प्रत्येक महिना गहृ जिल्ला आउने गर्छन । गहृ जिल्ला आउदा कार्यकताले पार्टीले गरेको व्याबाहार सुनाउने गर्छन विगत लामो समय देखि उनि यस प्रविधिको अन्तयको लागि एक्लै लडिरहेका छन , जस्को नतिजामा माघ ८ गते समान्तर समितीको घोषण गनुपर्यो गरे । माघ ६ गते विवाद मिलाउन पार्टी सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका आधा दर्जन शीर्ष नेता आइतबार दमौलीमा भेला भएका केन्द्रिय नेतृत्व जिल्लामा आए र मिल्नु पर्ने बताए तर गृह जिल्लामा रहेको जोशी लाई भने केन्द्रिय नेतृत्वले भेटवार्ता गरेनन् ।
यसै जिल्ला बाट पटक पटक निर्वाचित भएर राष्ट्रिय राजनितीमा कांग्रेसका वरिष्ठ नेताका रुपमा परिचित रामचन्द्र पौडेल संभाविएता नेपालको प्रधानमन्त्री बाहेक सबै पदमा पुगिसके तर पनि जिल्लामा देखिने गरि कुनै पनि बिकास योजना नभएको तनहुँबासीको भनाई छ , जस्का कारण गएको प्रतिनिधि सभाको चुनाबमा उनले हार बेहोर्नु पर्यो । कांग्रेसका वरिष्ठ नेताको शक्तिमा पुगेका नेताले भने बिकास योजना आफनो गृह जिल्लामा पार्न सक्थे तर गरेनन् अनि बिकासको आधरमा जोशी भन्दा धेरै तल हेरिन्छ । केही समय अघी म लगाएत मेरो दाई संग बस्दै गर्दा एक जना दाईले भन्दै हुनुहुथ्यो यदि जोशी र पौडेल अनसन चैतारमा बसेर आफनो कार्यकर्तालाई मेरो लागि के के गर्न सक्छै भन्ने हो भने जाशीको लागि आफ्नो ज्यान दिन तयार हुनेछन् भने पौडेको लागि एक कदम अधी सार्ने पनि खोज्दैनन् यो कुराले मेरो निकै मन छोयो । समग्र बिकासको आधारमा जोशी बिकास प्रेमी नेताको रुपमा हेरिन्छ ।
विगत लामो समय देखि कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रविधिको अन्तयको लागि एक्लै लडिरहेका छन् ।
हि इज वान लास्ट म्यान स्ट्याडीङ i m with joshi
यदि यो लेखाइ प्रति कसैलाई आपती छ भने सिदा सम्पर्क गनुहोस् 9856001619