29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

एकता दिवसको अवसरमा रक्तदान

दमौली/लायन्स क्लब अफ तनहुँ व्यास सिटीले राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा शुक्रबार दमौलीको भेटघाट चोकमा सञ्चालित कार्यक्रममा २६ जना सहभागी भएका थिए । कार्यक्रमको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ तनहुँ व्यास सिटीका अध्यक्ष डा. ईश्वरचन्द्र वाग्ले, कार्यक्रम संयोजक कुमार मल्ल, लायन क्लब अफ तनहुँ व्यास सिटीका सचिव अन्जु दाहाल लगायतले बोलेका थिए ।

Related posts

दशैँ भत्ता फिर्ताको सन्देश

admin

ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

admin

अध्यापन अनुमति पत्रको नतिजाले उब्जाएको प्रश्न

admin