Tanahun Awaj
समाचार

बाढी पिडितलाई छाब्दी प्रवेशद्वारको सहयोेग

गल्बुबेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्था र गल्बुवेसी टोल सुधार आमा समूह व्यास–१ गल्बुबेसीले भदौ–१० को भोटेकोशी बाढी पिडितलाई राहत सहयोग गरेका छन् ।

टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाले दिएको जानकारी अनुसार टोल विकास संस्था तथा आमा समूहको तर्फबाट एकलाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग प्रदान गरिएको हो । अध्यक्ष तिमिल्सिनाका अनुसार सहयोग रकम मंगलबार प्रधानमन्त्री राहत कोषको खातामा नेपाल बैंक लिमिटेड दमौली शाखा मार्फत जम्मा गरिएको भौचर प्रमुख जिल्ला अधिकारी शिवलाला तिवारीलाई हस्तान्तरण गरिएको थियो ।
भौचर हस्तान्तरणपछि अध्यक्ष तिमिल्सिनाले भने, भोटेकोशी बाढी पिडितको घाउमा मलमपट्टी लगाउन सहयोग गरिएको हो । उनले उद्धार, राहत र पुनःस्थापनामा पर्याप्त ध्यान पु¥याउन सरकारसँग आग्रह गरे ।
आमा समूहकी अध्यक्ष सिता गोदारले परिवार, आफन्त र घरवार गुमाएका नागरिकको दुःख पिडा आत्मसात गर्दै टोल विकास संस्था र आमा समूहको तर्फबाट सहयोग गरिएको बताइन् ।
भौचर हस्तान्तरण कार्यक्रममा वडा नं १ की वडा सदस्य कृष्ण दुरा, नेपाली कांग्रेस टोल कार्यसमितिका सभापति हरिबहादुर थापा, आमा समूहकी निवर्तमान अध्यक्ष गंगादेवी गुरुङ , टोल विकास संस्था तथा आमा समूहका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related posts

दिनभरको प्यास मेटाउँदै किसान

admin

धानको वीउ रोप्दै

Deepak Joshi

राहदानी फर्म निःशुल्क भरिदिने

Tanahun Awajweekly