Tanahun Awaj
Uncategorized

लकडाउनको अवज्ञा

दमौली/व्यास नगरपालीका सफासडका व्यापारीहरूले आईतवार ११ बजेबाट आ-आफ्नो पसल खोलेर लकडाउनको भद्रअबज्ञ गरेका छन् ।

व्यास नगरपालिका कार्यपालिका बोर्डको जेठ २२ गतेको निर्णय अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म हप्ताभर पसल खुल्ला गर्ने निर्णय गरेर विस्तारै लकडाउनलाई खुला गर्ने प्रयास गरेको थियो ।

विहान ६ बजेदेखि पसल नखोलेर ११ बजेबाट पसल खोलेर लकडाउनको अवज्ञा गरेका थिए ‌‌। एकजना प्रहरी जवानले भगवति भाडा पसलबाट ४०० रुपैयाँमा प्रिज स्ट्यान्ड खरिद गरेपछि अवज्ञाको कार्यन्वयन भएको थियो ।
अवज्ञाप्रति व्यास नगरपालिका असन्तुष्ट देखिएको छ । पर्ख र हेरको मनस्थितिमा नगरपालिका रहेको देखिन्छ।

Related posts

आदिकविको सम्झना-सम्पादकीय

admin

रक्तदान जीवनदान सम्पादकीय

admin

पहिलो शुक्लागण्डकी महोत्सव सुरु

admin