28.7 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

हामी सबैले अपाङ्ग मैत्री वातावरण निर्माण गरौं

“दीगो विकासको लक्ष्य, अपाङ्गता मैत्री भविष्य” नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८औं अन्तरराष्ट्रिय दिवस सोमबार नेपालमा मनाइयो । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ अनि समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ अनि हाम्रो कामना छ, वर्षभरि यी आवाजहरु गुञ्जिरहुन् । अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन् । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो ।

हामीलाई थाहा छ, अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्ग मैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, विद्यालयमा सहज आवत–जावत गर्न अपाङ्गमैत्री संरचना जरुरी छ ।

आफ्नो जीवनयापनका लागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तरराष्ट्रिय समूदाय र गैरसरकारी संस्थाहरुको पनि अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थोपचार व्यवस्थित होस् । अपाङ्गता सोंचले सिमित नहोस् अनि यसमा सबै नागरिकको साथ, सहयोग अनि प्रतिवद्धता रहोस् ।

तपाई हामी चाहे साङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएकाहरुलाई माया, सद्भाव, समान हेराई अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू–भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो । त्यसैले आउनुहोस् अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सबैले अपाङ्ग मैत्री वातावरण निर्माण गर्ने वाचा गरौं । यसो हुन सकेमा हाम्रो लोकतन्त्रको परिभाषाले पूर्णता पाउने छ ।

Related posts

वन्य जन्तु मैत्री विकास गर्ने कि ?

admin

दमौलीमा एपेक्स मल्टिप्लेक्स

admin

अन्तिम अक्षर ‘ल’ भएका नेपालका थरहरु

admin