छसय पैंसठ्ठीले लिए स्वास्थ्य सेवा
गणेश श्रेष्ठ
ऋषिङ/लायन्स क्लब अफ पोखरा ग्रीन सिटीको आयोजनामा शनिबार ऋषिङमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पोखरा र एडिथ कोवेन युनिभर्सिटी अष्ट्रेलियाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा छ सय ६५ सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । नेपाली र अष्टे««लियन गरी ५७ स्वास्थ्यकर्मीको टोलीले स्थानीय शिव सरस्वति माविमा जम्मा भएका सेवा ग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेका हुन ।
शिविरमा भिडियो एक्स रे, इसिजी सेवाका अतिरिक्त स्त्री तथा प्रसुती रोग, हाड जोर्नी तथा नशा रोग, मधुमेह परिक्षण, बालरोग परिक्षण सेवा प्रदान गरिएको थियो । यसका साथै शिविरमा आँखा, नाक तथा कान रोगको परिक्षण गर्नुका साथै निःशुल्क ल्याब टेस्टको सुविधा समेत प्रदान गरिएको थियो ।
ऋषिङ गाउँ पालिकाको संयोजनमा आयोजित शिविरको उद्घाटन गर्दै गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दुर्गम ठाउँमा आएर स्वास्थ्य सेवा प्रदान गर्न लागेकोमा सबैलाई धन्यवाद दिए । शिविरमा स्वास्थ्य परिक्षण पछि आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको थियो भने स्त्री तथा प्रसुती रोगको परिक्षण गराउने महिलाको संख्या पनि उल्लेख्य रहेको थियो । आँखाका विरामी समेत उल्ल्ेखय रुपमा आएका र सेवा लिएका ऋषिङ गाउँ पालिकाले जनाएको छ ।