20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

रोटरीको स्वास्थ्य शिविर

दमौली/तनहुँको आँबुखैरेनी गाउपालिका –६ हिलेखर्कमा रोटरी क्लबले स्वास्थ्य शिविर सञ्चालन गरको छ । आँबुखैरेनी गाउँपालिकाको सह आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३ सय २७ जना स्वास्थ्य परिक्षणमा सहभागी भएका थिए । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरमा नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट चेकजाँच, बालरोग विशेषज्ञबाट सम्बन्धित रोगको उपचार, सामान्य चिकित्सकबाट पेट, छाती तथा मुटु रोगको परीक्षण गरि निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Related posts

महिला खुल्ला हाफ म्याराथन

admin

हात धुने स्थान हस्तान्तरण

admin

एकताबद्ध भएर हामी सबै लैङ्गिक हिंसा विरुद्ध लडौं

admin