
खाना पकाउने ग्यासको सहज आपूर्तिको माग गर्दै सोमबारदेखि दमौलीमा अनशन बसेका माधव अधिकारीले अनशन तोडेका छन् । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले ग्यासको सहज आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता पछि जुस पान गरेर अनशन तोडेका हुन् । तस्विरः तनहुँ आवाज साप्ताहिक
