दमौली/सर्वोच्च अदालतले मंगलवार जारी गरेको अल्पकालिन अन्तरिम आदेशले एफ एम रेडियोकर्मिहरुलाई अल्पकालिन राहत मिलेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार सङ्गित रोयल्टीका नाउँमा वान तथा एकोरावका सदस्य एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक, कर्मचारी तथा सम्बन्धित व्यक्ति विरुद्ध मुद्धा दायर गर्ने, पक्राउ गर्ने, थुनामा राख्ने वा जटिलता सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित निकायको नाउँमा अल्पकालिन आदेश जारी गरेको छ ।
रोयल्टी संकलनका नाउँमा एफ एम रेडियोलाई फौजदारी कारवाहीको धम्की दिने, सञ्चालक तथा रेडियोकर्मि विरुद्ध मुद्धा दायर गर्ने, पक्राउ गर्ने कार्य कानुनी राज्यको मान्यता, प्रेस स्वतन्त्रता तथा स्वतन्त्र प्रसारणको मर्मविपरित रहेको तर्क सहित ब्रोडकास्टिङ्ग एसोसिएशन आफ नेपालले सर्वोच्चमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएको थियो । सर्वोच्च अदालतले सो निवेदनमा माग गरिएको अन्तरिम आदेश
जारी नगरी छलफल नभएसम्मका लागि अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । ब्रोडकास्टिङ्ग एसोसिएशन आफ नेपालका अध्यक्ष अध्यक्ष कुमार भट्टराईले स्वागत गर्दै मंगलबार विज्ञप्ती गरेका छन् ।
एफ एम रेडियोकर्मिलाई अल्पकालिन राहत
previous post
