दमौली/भानु नगरपालिका वडा नं. ५ को बालन समूहले बुधबार दमौलीमा बालन नाँच मन्चन गरेको छ ।
विशेषतः गुरु पूर्णिमाको सन्दर्भमा वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँले आमन्त्रण गरेको यो बालन नाँच गुरु ७५ बर्षिय ताराप्रसाद पोख्रेल थिए । उमेरले डाँडो काटि सकेका यी बृद्ध लोपोन्मुख बालन नाँचलाई तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा मन्चन गर्न पाउँदा पचास बर्षको अगाडिको जोशका सात बालन विधिगत कथा भट्याई रहेका थिए । नाँच्ने महिला पुरुषहरु अधिकाँश ज्येष्ठ नागरिक नै देखिन्थे ।
पुख्र्यौली नाँच लोप हुनबाट बचाउन बृद्ध उमेर समूहका महिलापुरुषको यो एकताले लोपोन्मुख बालन नाँचको संरक्षण गर्नुपर्ने जागरण आएको आभाष दिएको छ ।

तनहुँको व्यास–१३ पोखरीभञ्ज्याँङ्गमा पनि सशक्त बालन समूह रहेको तथ्यले पछिल्लो समयमा आएको जागरणलाई पुष्टि गर्दछ भन्नुहुन्छ ब्राह्मण समाजका पूर्व अध्यक्ष कृष्णचन्द्र पाण्डे ।
