दमौली/तनहुँ जिल्लामा स्थायी बसोवास भएका तीन जनालाई तनहुँ जिल्लाबासी प्रवासी नेपालीहरूको संस्था तनहुँ समाज हङकङले जनही एक लाख ९२ हजारका उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघले दिएको जानकारी अनुसार समाजबाट उपचार खर्च पाउने विरामीहरुमा तनहुँको ऋषिङ ८ पल्ट्याङ निवासी सोमबहादुर नेपालीको छोरा १० वर्षका सुदिप नेपाली रहेका छन् । उनि क्यान्सर पीडित हुन् । त्यसैगरी ऋषिङ ८ निवासी दुर्गाबहादुर थापाकी श्रीमती ६५ वर्षकी बिसरा थापा पनि क्यान्सर पीडित हुन् । उनिहरुले विपि कोईराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइ रहेको सो कार्यक्रमममा बताइएको थियो । बन्दिपुर ४ का भोमाया गुरुङका ४६ वर्षका पति सुकबहादुर थापा भने दुबै मृगौला फेल भएका विरामी हुन् ।
समाजले विगत लामो समयदेखि निरन्तर विरामीलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम बार्षिक रुपमा गर्दै आईरहेको छ । तनहुँ समाज हङकङका कर्णबहादुर नेपालीले सानो रकम भएपनि आफ्नो जन्मभूमिका विभिन्न रोगबाट पिडित नागरिकलाई सहयोग गर्न सकेकोमा सम्पूर्ण दाताहरु प्रति आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षद्वय भिमराज गुरुङ र जंगबहादुर मगर , पूर्व सल्लाहकार एवं आजिवन सदस्य शेरबहादुर मल्ल , बन्दिपुर गापाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।
